logo

२०८२ बैशाख १० मंगलबार

logo
  • मंगलबार, १० बैशाख २०८२
  • शेयर बजार नेप्सेमा २७.५४ अंकको बृद्धि, कारोबार रकम ५ अर्ब ८५ करोड ४३ लाख

    शेयर बजार नेप्सेमा २७.५४ अंकको बृद्धि, कारोबार रकम ५ अर्ब ८५ करोड ४३ लाख

    234
    SHARES
    शेयर बजार नेप्सेमा २७.५४ अंकको बृद्धि, कारोबार रकम ५ अर्ब ८५ करोड ४३ लाख

    काठमाण्डौ । शेयर बजार आज २७.५४ अंकले बढेको छ। सोमबार २७.५४ अंकले बढ्दै नेप्से परिसूचक २०९२.०० बिन्दुमा पुगेको छ। १ करोड ४३ लाख ७० हजार ६८९ कित्ता शेयर ५ अर्ब ८५ करोड ४३ लाख रुपैयाँमा किनबेच भएको छ।

    सोमबार १३ मध्ये ८ उपसमूह बढेको छ भने ५ उपसमूहको शेयरमूल्य घटेको छ । वाणिज्य बैंक उपसमूह सर्वाधिक ४.१८ प्रतिशतले बढेको छ। व्यापार २.२३, लगानी १.८४, जलविद्युत १.३८, म्युचुअल फण्ड १.२४ प्रतिशतले बढेका छन्।

    फाइनान्स, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, र निर्जीवन बीमा घटेका छन् ।

    १३४ कम्पनीको शेयर मूल्य बढ्दा सामुदायिक लघुवित्त, बुद्धभूमि नेपाल हाइड्रोपावर, भगवती हाइड्रोपावर, नेरुडे मिर्मिरे लघुवित्तका लगानीकर्ता सर्वाधिक फाइदामा रहे । यी चार कम्पनीका शेयर मूल्य बढेर सकारात्मक सर्किट लागेको छ।

    बाराही हाइड्रोपावर, एनआइसी एसिया बैंक, माईखोला हाइड्रोपावर पनि बढेका छन्।

    १०७ कम्पनीको शेयरमूल्य घट्दा उपकार लघुवित्तका लगानीकर्ता सर्वाधिक ७.४० प्रतिशतले नोक्सानमा छन्। सृजनशील लघुवित्त, मनकामना स्मार्ट लघुवित्त, युनिक नेपाल लघुवित्त, नारायणी विकास बैंक शेयर मूल्य घटेका कम्पनीको सूचीमा छन्। ५ कम्पनीको शेयर मूल्य स्थिर रह्यो।

    पोखरा फाइनान्सको सर्वाधिक १९ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ। यस्तै सीइडीबी हाइड्रोपावरको १८ करोड ८९ लाख, शाइन रेसुंगा विकास बैंकको १३ करोड ४८ लाख र एनआइसी एसिया बैंकको ११ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ।


    अर्थ चौतारी
  • सोमबार, ७ जेष्ठ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved