logo

२०८१ चैत्र २ आइतबार

logo
  • आइतबार, २ चैत्र २०८१
  • एमाले चितवनको ११ औं अधिवेशनः अधिवेशनलाई भव्य र सभ्य बनाउन शिर्ष नेतृत्व सक्रिय

    एमाले चितवनको ११ औं अधिवेशनः अधिवेशनलाई भव्य र सभ्य बनाउन शिर्ष नेतृत्व सक्रिय

    130
    SHARES
    एमाले चितवनको ११ औं अधिवेशनः अधिवेशनलाई भव्य र सभ्य बनाउन शिर्ष नेतृत्व सक्रिय

    चितवन । नेकपा (एमाले) चितवनको ११ औं जिल्ला अधिवेश सम्पन्न गर्नका लागि पार्टीका शिर्ष नेतृत्वहरु सक्रिय भएका छन् ।

    यही जेठ १२, १३ र १४ गते एमाले चितवनको जिल्ला अधिवेशन हुँदैछ । उक्त अधिवेशन केन्द्रित रहेर शिर्ष नेतृत्वहरु सम्मिलित विभिन्न बैठक सम्पन्न भएको छ ।

    आज पार्टी कार्यालयमा चितवनबाट पार्टी बागमती प्रदेश कमिटीमा प्रतिनिधित्व गर्ने र चितवनका पूर्व पार्टी प्रमुखहरुबीचको बैठक सम्पन्न भएको छ । त्यसैगरी  चितवन भूगोलमा रहेका बागमती प्रदेशका पदाधिकारी र केन्द्रीय कमिटीका सदस्यहरुबीचको अर्को बैठक पनि सम्पन्न भएको छ ।

    दुबै बैठकमा अधिवेशनलाई भव्य र सभ्य हिसाबसले सम्पन्न गर्नका लागि नेतृत्वले ध्यान दिनुपर्ने महत्वपूर्ण कुराहरुका बारेमा घनिभुत छलफल भएको एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले जानकारी दिए ।

    दुबै बैठकको नेतृत्व पार्टी पोलिटब्युरो सदस्य एवम् चितवन जिल्ला इन्चार्ज पार्वत गुरुङले गरेका थिए । दुबै बैठकमा पार्टी पोलिटब्युरो सदस्य देवि ज्ञवाली, केन्द्रीय कमिटी सदस्यहरु कपिलदेव पोखरेल, प्रभा बराल, पार्वती रावल, यमबहादुर परियार (इन्द्रजित), बागमती प्रदेशका पार्टी उपाध्यक्ष दावा दोर्जे लामा, चितवनका पूर्व पार्टी प्रमुखहरु हरि सापकोटा, विजय सुवेदी, कृष्णभक्त पोखरेल लगायतको उपस्थिति रहेको थियो ।


    अर्थ चौतारी
  • बिहिबार, १० जेष्ठ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved