logo

२०८१ फाल्गुन ६ मंगलबार

logo
  • मंगलबार, ६ फाल्गुन २०८१
  • गोदावरीका मेयर महर्जनसहित १४ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर

    गोदावरीका मेयर महर्जनसहित १४ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर

    117
    SHARES
    गोदावरीका मेयर महर्जनसहित १४ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर

    काठमाण्डौ । ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

    अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले बताउनुभयो । उनीहरूविरूद्ध भ्रष्टाचारसम्बन्धी पाँच वटा छुट्टाछुट्टै मुद्दा दर्ता भएका छन् ।

    गोदावरीको ढुङ्गा–गिट्टी बिक्री वितरण गर्दा सरकारी दररेट भन्दा कम गरी सरकारलाई हानिनोक्सानी पु¥याएको उनीहरूमाथि आरोप छ । उनीहरूविरूद्ध आयोगले एक अर्ब ४ करोड ८७ लाख ४५ हजार रुपैयाँ बिगो माग गरेको छ ।


    अर्थ चौतारी
  • सोमबार, २१ जेष्ठ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट