logo

२०८१ मंसिर २४ सोमबार

logo
  • सोमबार, २४ मंसिर २०८१
  • सामान्य अंकले घट्यो बजार, कारोबारमा भने बृद्धि

    सामान्य अंकले घट्यो बजार, कारोबारमा भने बृद्धि

    0
    SHARES
    सामान्य अंकले घट्यो बजार, कारोबारमा भने बृद्धि

    काठमाण्डाै । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंक अर्थात् १.९३ अंकले घटेर २ हजार ७७.७८ विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबार दिन बुधबार पनि नेप्से परिसूचक ५.५८अंकले घटेको थियो ।

    त्यसैगरी, यो दिन राम्रा र बलिया कम्पनी मापक सूचक सेन्सेटिभ इन्डेक्स पनि १.२७ अंकले घटेर ३७०.३४विन्दुमा पुगेको छ ।यो दिन नेप्सेमा सूचीकृत कम्पनीहरु मध्ये ३२२ वटा कम्पनीको कुल ८८ लाख १३ हजार ३७४ कित्ता शेयर करिब ४ अर्ब ३८करोड ८२ लाख बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन करिब ४ अर्बको कारोबार भएको थियो । मंगलबारको कारोबारमा भने ४ अर्ब ८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।

    कतिपय लगानीकर्ताहरुले बजार घट्नुको कुनै कारण नभएको तर मनोबल उच्च हुन नसक्दाको परिणाम भएको बताएका छन् । उनीहरुले बजारमा नयाँ पैसा आउन नसकेको कारण बजार सुस्त गतिमा रहेको पनि बताएका छन् । एक जना लगानीकर्ता रमेश दाहाल ‘पर्ख र हेर’ को अवस्था कायमै रहेकाले बजारमा सुस्ति देखिएको बताउँछन् ।

    घटेको बजारमा यो दिन १०१ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १३५ वटा कम्पनीको घटेको छ। त्यस्तै यो दिन ११ कम्पनीको शेयरमूल्य भने स्थिर छ। यो दिन नेप्सेमा सूचीकृत १३ वटा उपसमूहमध्ये चार वटा उपसमूहमा हरियाली छाएको छ । जसमा व्यापार,लगानी, हाइड्रोपावर र होटल्स एण्ड टुरिजम रहेको छ । बाँकी अन्य उपसमूहमा रातो पोतिएको छ । यो दिन सबैभन्दा बढी अर्थात् व्यापार उपसमूह १.९६ प्रतिशतले बढेको छ ।

    यसैगरी, यो दिन लघुवित्त र जलविद्युत उपसमूहको परिसूचक करिब एक प्रतिशतले बढेको छ ।उता वित्त उपसमूहको परिसूचक भने सर्वाधिक २.०८ प्रतिशतले घटेको छ। यस दिन दुई वटा अलग अलग कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। जसमा इमर्जिङ्ग नेपाल, मिड सोलु हाइड्रोपावर छन् ।यो दिन बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९.८८प्रतिशतले बढेको छ भने माण्डु हाइड्रोपावरको शेयरमूल्य ८.४३ प्रतिशतले बढेको छ।

    यो दिन एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार भएको छ।कम्पनीको १८ करोड ६८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको साढे १४ करोडको शेयर कारोबार भएको छ भने पोखरा फाइनान्सको कारोबार १४ करोड रुपैयाँभन्दा बढी छ ।


    अर्थ चौतारी
  • बिहिबार, २४ जेष्ठ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट