logo

२०८१ पुष २९ सोमबार

logo
  • सोमबार, २९ पुष २०८१
  • जेठ २५ को राशिफल: कन्याको बढुवा हुने, धनु र मकरले रोजगारी पाउने, तपाईँको के?

    जेठ २५ को राशिफल: कन्याको बढुवा हुने, धनु र मकरले रोजगारी पाउने, तपाईँको के?

    286
    SHARES
    जेठ २५ को राशिफल: कन्याको बढुवा हुने, धनु र मकरले रोजगारी पाउने, तपाईँको के?

    काठमाण्डौ । आज शुक्रबार, २५ जेठ २०८१ (७ जुन २०२४)। हेर्नुस् आजको राशिफल-

    मेष : विशिष्ट व्यक्तिको साथ पाइनेछ। नजिकको मित्रसँग भेटघाट हुनेछ। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। आफन्तको साथ र सहयोग मिल्नेछ। साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला।

    भाग्यशाली रङ रातो र अङ्क १ हो भने प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६९, वैदेशिक कार्यमा ८१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

     

    यसैगरी स्वास्थ्य अनुकूलता ६७, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। उत्तर दिशा नजाने।

    वृष : आँटेको र ताकेको कार्य पूरा होला। आफन्त र साथीभाइको साथ मिल्नेछ। सजिलै अरूको मन जित्न सकिनेछ। पारिवारिक साथ सहयोग र समर्थन मिल्नेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। मिष्ठान्न भोजनको अवसर मिल्नेछ।

    भाग्यशाली रङ कालो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ७१, व्यापारमा ५८, वैदेशिक कार्यमा ७८ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।

    यसैगरी स्वास्थ्य अनुकूलता ५०, यात्राको योग ७२ र सम्पूर्ण भाग्याङ्क ८० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।

    मिथुन : निर्णायक क्षमतामा कमी आउनेछ। सानातिना समस्यामा अल्झनुपर्नेछ। अध्ययन तथा अध्यापनमा बढी नै समय लगानी गर्नुपर्ने देखिन्छ। प्रेममा मनमुटाव होला। मनमा दुबिधा उत्पन्न हुनेछ।

    भाग्यशाली रङ पहेँलो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ४५, वैदेशिक कार्यमा ६६ र शिक्षामा ३८ प्रतिशत सफलता मिल्नेछ।

    यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३९ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। सजिलै अरूको विश्वास नगर्ने।

    कर्कट : कुनै कुराले मनमा शान्ति छाउनेछ। बन्धुबान्धव र मित्रबाट सहयोग मिल्नेछ। साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ। सामाजिक कार्यमा मन जाला। व्यापार व्यवसायमा फाइदा हुनेछ।

    भाग्यशाली रङ गुलाबी र अङ्क ७ हो भने प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६३, वैदेशिक कार्यमा ६७ र शिक्षामा ८१ प्रतिशत सफलता मिल्नेछ।

    यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

    सिंह : आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। भौतिक साधन जुटाउने समय छ। श्रमको उचित मूल्याङ्कन हुनेछ। नयाँ कार्यको अवसर मिल्नेछ। अनावश्यक खर्चबाट बच्न सकिन्छ।

    भाग्यशाली रङ खैरो र अङ्क ५ हो भने प्रेम र सम्बन्धमा ७१, व्यापारमा ७७, वैदेशिक कार्यमा ४७ र शिक्षामा ७० प्रतिशत सफलता मिल्नेछ।

    यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ६८ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। झुट नबोल्ने।

    कन्या : नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। रोकिएको काम दोहोर्‍याएर प्रयत्न गर्दा सफल भइनेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। शुभकार्यको चर्चा चल्ने र सरुवा बढुवाको योग छ।

    भाग्यशाली रङ पर्पल र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६८, वैदेशिक कार्यमा ५२ र शिक्षामा ४७ प्रतिशत सफलता मिल्नेछ।

    यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ७० र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षरोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

    तुला : शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ। स्वास्थ्यले साथ नदिन सक्छ। जिद्दीपनाले गर्दा काम बिग्रने डर छ। सरकारी निकायको भय रहला। रोकिएको काम साँझ सहजै सम्पन्न हुनेछ।

    भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ४०, वैदेशिक कार्यमा ७८ र शिक्षामा ५२ प्रतिशत सफलता मिल्नेछ।

    यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ४८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। कालो रङको प्रयोग नगर्ने।

    वृश्चिक : न्यायिक कार्यमा सफलता मिल्नेछ। आफन्तसँग भेटघाट हुने र सहयोग पाइनेछ। कुनै न कुनै कुराले मनमा शान्ति छाउँदा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ।

    भाग्यशाली रङ खैरो र अङ्क २ हो भने प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६५, वैदेशिक कार्यमा ६९ र शिक्षामा ५४ प्रतिशत सफलता मिल्नेछ।

    यसैगरी स्वास्थ्य अनुकूलता ६५, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।

    धनु : लाभहानि, आयव्यय, सुखदुःख बराबरी खालको समय छ। मान प्रतिष्ठामा वृद्धि हुनेछ। स्वादिष्ट परिकारको अवसर मिल्नेछ। प्रेमी/प्रेमिकाको सहयोग पाइनेछ। नयाँ काम वा रोजगारी पाइनेछ। मनोरञ्जनपूर्ण समारोहमा सहभागी भइएला।

    भाग्यशाली रङ निलो हो भने अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ८०, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

    यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ६८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। छलकपट नगर्ने।

    मकर : बन्धुबान्धवबाट सहयोग मिल्नेछ। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। सहयोगी हातहरू अघि बढ्नेछन्। नयाँ कार्य वा रोजगारीको अवसर मिल्नेछ। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ।

    भाग्यशाली रङ गुलाबी र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६८, व्यापारमा ७८, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

    यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क पनि ६५ प्रतिशत नै रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। खैरो रङको प्रयोग नगर्ने।

    कुम्भ : आफन्तसँग विवाद पर्ने सम्भावना छ। प्रेमी/प्रेमिकाबीच खिन्नता बढ्न सक्छ। विगतका गलत निर्णयले काममा चुनौती आउने देखिन्छ। साँझमा भने मन प्रसन्न रहनेछ।

    भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ४१, व्यापारमा ४९, वैदेशिक कार्यमा ३७ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

    यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

    मीन : बोलीको प्रभाव बढ्नेछ। चिताएको कामले तीव्रता लिनेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ।

    भाग्यशाली रङ हरियो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७६, वैदेशिक कार्यमा ५८ र शिक्षामा ७५ प्रतिशत सफलता मिल्नेछ।

    यसैगरी स्वास्थ्य अनुकूलता ६९, यात्राको योग ६७ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्ने। झुट नबोल्ने।


    अर्थ चौतारी
  • शुक्रबार, २५ जेष्ठ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट