logo

२०८१ माघ ७ सोमबार

logo
  • सोमबार, ७ माघ २०८१
  • यस्ता छन् मन्त्रिपरिषद् बैठकका १० निर्णयहरु

    यस्ता छन् मन्त्रिपरिषद् बैठकका १० निर्णयहरु

    208
    SHARES
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका १० निर्णयहरु

    काठमाण्डाै । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले विभिन्न १० वटा निर्णय गरेको छ । उक्त बैठकले १० देशका राजदूतलाई फिर्ता बोलाउनेदेखि विभिन्न रिक्त पदमा नियुक्ति गर्ने निर्णय पनि गरेको छ ।

    २०८१ जेठ २४ गतेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरुः

    १. सम्माननीय प्रधानमन्त्रीज्यूले भारतका प्रधानमन्त्रीको सपथग्रहण समारोहमा सहभागिता जनाउने ।

    २. लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने ।

    ३. हेटौडा सिमेन्ट उद्योगको अध्यक्ष पदमा नरेन्द्र भण्डारीलाई नियुक्त गर्ने ।

    ४. औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धक पदमा पदम ओलीलाई नियुक्त गर्ने ।

    ५.मेलम्ची खानेपानी आयोजनाको नयाँ हेडवर्क्स र थप संरचना मेलम्ची नदीको माथिल्लो तटीय क्षेत्रको उपयुक्त स्थानमा निर्माण गर्न सैद्धान्तिक स्वीकृति दिने ।

    ६.अन्तरराष्ट्रिय सम्मेलन केन्द्रको कार्यकारी निर्देशक पदमा तेजबहादुर राईलाई तोक्ने ।

    ७. जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४९ को उपदफा (१) बमोजिमका ५२ रोगहरुलाई सङ्क्रामक रोगहरुको रुपमा तोक्ने ।

    ८. जीवनाशक विषादी व्यवस्थापन नियमावली, २०८१ स्वीकृत गर्ने ।

    ९. ज्येष्ठ नागरिकसम्बन्धी (पहिलो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने ।

    १०.भारत, अमेरिका, बेलायत, कतार, साउदी अरब, दक्षिण कोरिया, मलेशिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका गरी ११ जना राजदूतलाई फिर्ता बोलाउने ।


    अर्थ चौतारी
  • शुक्रबार, २५ जेष्ठ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट