logo

२०८१ मंसिर २४ सोमबार

logo
  • सोमबार, २४ मंसिर २०८१
  • १४ किलो सुन तस्करीका सबै अभियुक्तलाई थुनामा राख्न आदेश

    १४ किलो सुन तस्करीका सबै अभियुक्तलाई थुनामा राख्न आदेश

    0
    SHARES
    १४ किलो सुन तस्करीका सबै अभियुक्तलाई थुनामा राख्न आदेश

    काठमाण्डौ । उच्च अदालत पाटनले १४ किलो सुन तस्करी प्रकरणमा मुछिएका सबै अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

    उच्च अदालत पाटनका न्यायाधीशद्वय हरिप्रसाद पौडेल र हेमन्त रावलको संयुक्त इजलासले बिहीबार मुद्दाको फैसला नहुञ्जेलसम्मका लागि सबै प्रतिवादीलाई थुनामा पठाउन आदेश दिएको हो । जिल्ला अदालत काठमाण्डौले यसअघि थुनामा पठाउने गरी गरेको आदेश सदर गरेको छ ।

    १४ किलो सुन तस्करीको अभियोग लागेका लेकबहादुर तामाङ, रमेश देउला, अनिल श्रेष्ठ, राधाकृष्ण श्रेष्ठ, शेरबहादुर बस्नेत, कृष्णकुमार श्रेष्ठ, मीनबहादुर घले र जीवन गुरुङलाई थुनामा राख्न आदेश भएको हो।

    १४ किलो सुन तस्करी प्रकरणमा दुबईबाट आएका गोरखाका चन्द्र घलेलाई पक्राउ गरेपछि रहस्य बाहिरिएको थियो । यी प्रतिवादीविरुद्ध १ अर्ब ४० करोड ५५ लाख रुपैयाँ बिगो तथा दुईदेखि पाँच वर्षसम्मको कैद सजाय माग दाबी गर्दै मुद्दा चलाइएको छ ।


    अर्थ चौतारी
  • शुक्रबार, २५ जेष्ठ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट