काठमाण्डौ । नेपाल लाइफ क्यापिटलले १५ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।कम्पनीले १ः ०.५ अनुपातमा २९ करोड ९९ लाख ३ हजार ६०० रुपैयाँको १४ लाख ९९ हजार ५ सय १८ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । सेयरको मूल्य प्रतिकित्ता १०० रुपियाँ तोकिएको छ ।
यस सेयरमा आजसम्म कायम संस्थापक सेयरधनीले खरिद आवेदन दिन सक्नेछन् । हाल कायम संस्थापक सेयरधनीले आफ्नो कायम सेयरको अनुपातमा हुन आउने हकप्रद खरिद गर्न कम्पनीले आग्रह गरेको छ । हकप्रद सेयरमा आवेदनकर्ताले आगामी असार ११ देखि असार २५ गतेभित्र आवेदन पेस गर्न सक्नेछन् ।
आवेदन कम्पनीको कारोबार कार्यालय कमलपोखरी काठमाण्डौमा पाइनेछ । साथै, तोकिएको समयभित्र आवेदन नपरेमा कम्पनीको सेयर बेचबिखन, पुनः बाँडफाँट वा अन्य किसिमले वितरण गरिने पनि कम्पनीले जनाएको छ ।
© 2025: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times