logo

२०८२ बैशाख ११ बुधबार

logo
  • बुधबार, ११ बैशाख २०८२
  • सुनको मूल्य प्रतितोला १ लाख ४५ हजार

    सुनको मूल्य प्रतितोला १ लाख ४५ हजार

    481
    SHARES
    सुनको मूल्य प्रतितोला १ लाख ४५ हजार

    काठमाण्डौ । आज शुक्रबार सुनचाँदीको भाउ ह्वात्तै बढेको छ । बिहिबार छापावाला सुन प्रतितोला १ लाख ४४ हजार रुपैयाँमा कारोबार भएको थियो । आज प्रतितोला १ हजार रुपैयाँले बढेको छ । यस दिन छापावाला सुन प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

     

    त्यस्तै, आज तेजावी सुन पनि १ हजार रुपैयाँले नै बढेको छ । आज तेजावी सुन प्रतितोला १ लाख ४४ हजार २५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

     

    यो दिन चाँदीको भाउ भने ५० रुपैयाँले बढेको छ । आज चाँदी तोलामा १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

     

    नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २४ हजार ३१५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख २३ हजार ७१५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६२९ रुपैयाँ तोकेको छ ।


    अर्थ चौतारी
  • शुक्रबार, २५ जेष्ठ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved