काठमाण्डौ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी (साम्बा) कृषि विकास बैंकको सद्भावना दूत नियुक्त भएका छन् ।
बैंकले शुक्रवार काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै साम्बालाई सद्भावना दूत नियुक्त गरेको जनाएको हो । सम्झौताअनुसार साम्बा एक वर्षका लागि बैंकको ब्रान्ड एम्बेसडरका रुपमा रहने छिन् । उनले बैंकको प्रचारमा सहयोग गर्नेछिन् । बैकका सीईयो गोविन्द गुरुङले सफलतालाई संघर्ष र अभावले कहिल्यै नरोक्ने बताउँदै उनको लगावले नै यो सफलता पाउन सम्भव भएको बताए ।
वर्षको ८ लाख रुपैयाँ ट्रेनिङ किट दिनेगरी एक वर्षको सम्झौता भएको हो । सम्झौता अनुसार साम्बा १ वर्षका लागि बैकको ब्रान्ड एम्बेसडरका रूपमा रहनु हुनेछ र सम्झौता बापत साम्बाले बैंकको प्रचारमा सहयोग गर्नेछन् ।
एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले यो सम्झौताले महिला फुटबलको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
साम्बाले सन् २०१४ मा राष्ट्रिय टोलीमा डेब्यु गरेकी थिइन् । दक्षिण एसियाकै सर्वाधिक गोलकर्ता समेत रहेकी साम्बाले ५१ खेलमा ५३ अन्तर्राष्ट्रिय गोल गरेकी छिन् ।
© 2025: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times