विद्युत् प्राधिकरणलाई ९ महिनामा ११ अर्ब रुपैयाँ नाफा

images

काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८०/८१ को नौ महिनामा ११ अर्ब ६ करोड बराबरको नाफा कमाएको छ । प्राधिकरणको चालु आर्थिक वर्षको चैत महिनाको वित्तीय विवरणअनुसार, यो अवधिमा विद्युत् बिक्री, ब्याज तथा अन्य आम्दानीबाट कूल ९३ अर्ब ९४ करोड रुपैयाँ आम्दानी गरेको छ ।

प्राधिकरणले यसअवधिमा करकट्टी गर्नुअघि अपरिष्कृत ११ अर्ब ६ करोड नाफा आर्जन गरेको हो । गत आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा प्राधिकरणको नाफा ८ अर्ब ८८ करोड रुपैयाँ थियो । गत आर्थिक वर्षको मुनाफा १३ अर्ब ३७ करोड रुपैयाँ थियो ।

images

प्राधिकरणको सञ्जित मुनाफा ३३ अर्ब ६४ करोड पुगेको छ । आर्थिक वर्ष २०७२–७३ मा आठ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षबाट निरन्तर नाफामा छ ।

images