logo

२०८१ चैत्र १० सोमबार

logo
  • सोमबार, १० चैत्र २०८१
  • सांग्रिला डेभलपमेन्ट बैंकद्वारा स्कुल ब्याग वितरण

    सांग्रिला डेभलपमेन्ट बैंकद्वारा स्कुल ब्याग वितरण

    156
    SHARES
    सांग्रिला डेभलपमेन्ट बैंकद्वारा स्कुल ब्याग वितरण

    काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले काठमाडौं महानगरपालिका वडा नम्बर २८ स्थित प्रभात माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई स्कुल ब्याग वितरण गरेको छ । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो ।

    बैंकले शुक्रबार कक्षा ७, ८, ९ र १० का विद्यार्थीहरूका लागि वित्तीय शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गर्नुका साथै १५० थान स्कुल ब्याग, ६५ वटा कापी तथा ६५ थान कलम वितरण गरेको हो ।

    सो अवसरमा कम्पनीको तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशी र प्रभात माध्यामिक विद्यालयको तर्फबाट प्रधानाध्यापक राजेश्वर मान श्रेष्ठको उपस्थिति थियो । ब्याग वितरणबाट विद्यार्थीहरूलाई अध्ययनका लागि सहजता हुने कम्पनीले विश्वास लिएको छ ।


    अर्थ चौतारी
  • शुक्रबार, २५ जेष्ठ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved