logo

२०८२ बैशाख १० मंगलबार

logo
  • मंगलबार, १० बैशाख २०८२
  • सहकारी छानबिन प्रतिवेदनहरू उपलब्ध गराउन संसदीय छानबिन विशेष समितिको आग्रह

    सहकारी छानबिन प्रतिवेदनहरू उपलब्ध गराउन संसदीय छानबिन विशेष समितिको आग्रह

    221
    SHARES
    सहकारी छानबिन प्रतिवेदनहरू उपलब्ध गराउन संसदीय छानबिन विशेष समितिको आग्रह

    काठमाण्डौ । सहकारी बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी छानबिनसँग सम्बन्धित प्रतिवेदनहरु उपलब्ध गराउन सम्बद्ध पक्षलाई आग्रह गरेको छ ।

    शुक्रबार सिंहदरबारमा बसेको विशेष समितिको दोस्रो बैठकले सहकारी छानबिनका लागि विगतमा गठित समिति तथा जाँचबुझ आयोगहरूको प्रतिवेदन तत्काल उपलब्ध गराउन सम्बद्ध पक्षलाई आग्रह गर्ने निर्णय गरेको हो ।

    सहकारी छानबिनको सम्बन्धमा विगतमा बनेका सबै छानबिन समिति र जाँचबुझ आयोगहरूको प्रतिवेदन उपलब्ध गराउनका लागि सम्बद्ध सबै पक्षलाई असार २ गतेभित्र उपलब्ध गराउन पत्राचार गर्ने निर्णय पनि गरिएको विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले जानकारी दिए ।

     

    बैठकमा विशेष समितिको कार्यविधिको मस्यौदा पनि छलफल सुरु गरिएको छ । त्यसलाई अन्तिम रूप दिनुअघि कार्यादेशबारे स्पष्ट हुनका लागि कार्यदलका संयोजक र सदस्यहरूसँग पनि छलफल गर्ने निर्णय गर्दै त्यसका लागि असार २ गते बैठक बस्ने निर्णय पनि गरिएको सभापति थापाले बताए ।

     

    बैठकमा सचिवालयले तयार पारेको प्रस्तावमा पनि सदस्यहरूले अध्ययन गरी आगामी असार २ गते बस्ने बैठकमा लिखित रूपमा सुझाव दिने सहमति भएको छ । कार्यविधि नै विशेष समितिले आफ्नो काम गर्ने मुख्य आधार भएकाले त्यसलाई गहन छलफल गरेर नै अन्तिम टुंगो लगाउन उपयुक्त हुने सहमति पनि बैठकले गरेको विशेष समितिले जनाएको छ ।

     

    समितिको यसअघि बसेको बैठकले सचिवालयलाई कार्यविधिका लागि मस्यौदा पेस गर्न निर्देशन दिएको थियो । सोही अनुसार शुक्रबारको बैठकमा कार्यविधि पेस भएको र त्यसमा छलफल पनि सुरु गरिएको छ । सभापति थापाले प्रस्तावित कार्यविधिमा कार्यतालिका पनि समावेश गरिएको र तोकिएकै समितिमा आफ्नो काम सम्पन्न गर्ने गरी समितिले कामलाई अघि बढाउने पनि बताए ।


    अर्थ चौतारी
  • शुक्रबार, २५ जेष्ठ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved