logo

२०८२ बैशाख ११ बुधबार

logo
  • बुधबार, ११ बैशाख २०८२
  • मोबाइलमा ‘टपअप’ मार्फत रिचार्ज गर्ने बढ्दै, घट्यो विदेशबाट आउने रिचार्ज कार्ड

    मोबाइलमा ‘टपअप’ मार्फत रिचार्ज गर्ने बढ्दै, घट्यो विदेशबाट आउने रिचार्ज कार्ड

    533
    SHARES
    मोबाइलमा ‘टपअप’ मार्फत रिचार्ज गर्ने बढ्दै, घट्यो विदेशबाट आउने रिचार्ज कार्ड

    काठमाण्डौ । ‘डिजिटल’ माध्यमबाट रिचार्ज गर्ने प्रचलन व्यापक बन्दै गए पनि विदेशबाट करोडौं रुपैयाँको रिचार्ज कार्डको आयातमा करोडौं रुपैयाँ बाहिरिने गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०८०/८१ को १० महिनाको अवधिमा १ करोड ४१ लाख रुपैयाँभन्दा बढीको रिचार्ज कार्ड आयात भएको हो ।

    यस अवधिमा २४ हजार ५४३ वटा रिचार्ज कार्ड आयात भएको तथ्याङ्कमा देखिएको छ । यी कार्ड आयात हुँदा ४८ लाख ८३ हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ । यद्यपि, गत आर्थिक वर्षको यही अवधिको तुलनामा भने रिचार्ज कार्डको आयात घटेको देखिएको छ ।

    पछिल्लो समय दर्जन हाराहारी मोबाइल वालेट छन् । यस्तै सबैजसो बैंकबाट समेत मोबाइलमा रिचार्ज गर्न मिल्छ । बैङ्कहरूले आफ्नो सेवाग्राहीका लागि सञ्चालनमा ल्याएको ‘मोबाइल एप’मा ‘टपअप’को सुविधा राख्छन् । जसबाट प्रयोगकर्ताले रिचार्ज नै किन्नुपर्ने बाध्यता घटेको छ ।

    यही कारण गत आर्थिक वर्ष २०७९/८० को १० महिना (वैशाखदेखि साउन) सम्मको अवधिमा ६ करोड ६९ लाख रुपैयाँभन्दा बढीको रिचार्ज कार्ड आयात भएको थियो । सो अवधिमा १ लाख २९ हजार वटा रिचार्ज कार्ड भित्रिएको थियो । तथ्यांकअनुसार ५ करोड २८ लाख रुपैयाँले आयात घटेको छ । यस्तै यस अवधिमा १ लाख ५ हजारभन्दा बढीले रिचार्ज कार्डको आयात घटेको देखिएको छ ।


    अर्थ चौतारी
  • शनिबार, २६ जेष्ठ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved