एमडिआरटी अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि क्यानेडाको भ्यानकुभरमा शुरू हुँदै

images

काठमाण्डौ । यस वर्षको एमडिआरटी अन्तर्राष्ट्रिय सम्मेलन आज आइतबारबाट क्यानेडाको भ्यानकुभरमा शुरू हुँदैछ । मिलियन डलर राउण्ड टेबल नामक संस्थाले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा विश्वभरका अगुवा अभिकर्ताहरूको सहभागिता रहेको छ ।

 

images

सम्मेलनमा सहभागिताका लागि नेपालबाट समेत केही जीवन बीमा कम्पनीहरूबाट अभिकर्ताहरू क्यानेडा पुगि सकेका छन् । अन्य देशहरूबाट समेत अभिकर्ताहरू कार्यक्रम आयोजना हुने शहरमा पुगेका खबर सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरिएका छन् ।

 

आयोजक संस्थाका अनुसार ९ जुनदेखि १२ जुनसम्म सञ्चालन हुने वार्षिक सम्मेलनमा विभिन्न शत्र अन्तर्गत बीमा व्यवसाय क्षेत्रको विभिन्न समस्या, चुनौती, बदलिंदो परिवेश, अगुवा अभिकर्ताका अनुभवका विषयमा जानकारी आदान प्रदान र विमर्श हुनेछ । साथै विभिन्न मुलुकबाट प्रतिनिधित्व गर्दै आएका व्यवसायीक अभिकर्ताबीच परिचय र सञ्जाल निर्माणको अवसर समेत प्रदान गरिनेछ ।

images