logo

२०८२ बैशाख १२ बिहिबार

logo
  • बिहिबार, १२ बैशाख २०८२
  • साल्ट ट्रेडिङ कर्पोरेशनको १५ प्रतिशत बोनस सेयर डिम्याट खातामा

    साल्ट ट्रेडिङ कर्पोरेशनको १५ प्रतिशत बोनस सेयर डिम्याट खातामा

    169
    SHARES
    साल्ट ट्रेडिङ कर्पोरेशनको १५ प्रतिशत बोनस सेयर डिम्याट खातामा

    काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले १५ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरेको छ । कम्पनीको चैत २३ गते सम्पन्न ५७औं वार्षिक साधारण सभाबाट पारित १५ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीहरूको डिम्याट खातामा जम्मा गरिएको हो ।

    कम्पनीको यो सेयर चैत ८ गतेसम्म सेयर कायम गर्ने सेयरधनीहरूले मात्र प्राप्त गरेका हुन् । उक्त मितिपछि सेयर अभौतिकीकरण गराएका सेयरधनीहरूको पनि क्रमशः डिम्याट खातामा बोनस सेयर जम्मा गराइने कम्पनीले जनाएको छ । हालसम्म पनि सेयर अभौतिकीकरण नगराएका सेयरधनीहरूलाई भने कम्पनीले सेयर अभौतिकीकरण गराउन आग्रह गरेको छ ।

    साथै, कम्पनीको विभिन्न साधारण सभाबाट पारित भएको लिन बाँकी बोनस सेयर र नगद लाभांश कम्पनीको सेयर रजिष्ट्रार एनआईएमबि एस क्यापिटल वा कम्पनीको केन्द्रीय कार्यालयमा सम्पर्क गरी लिन आउन समेत आग्रह गरिएको छ ।


    अर्थ चौतारी
  • आइतबार, २७ जेष्ठ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved