images

श्री डिष्टिलरीले आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । श्री डिष्टिलरी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । सोही प्रस्तावसहित कम्पनीले असार ११ गते मंगलबार विशेष साधारण सभा बोलाएको छ ।

कम्पनीको जेठ १८ गते बसेको सञ्चालक समिति निर्णयअनुसार सभा काठमाडौं बबरमहलस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा २ बजे देखि सुरु हुनेछ ।

images

सभाले सर्वसाधारणका लागि छुट्याइएको आईपीओ निष्कासन गर्ने र सोका लागि आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।