logo

२०८१ चैत्र ३ सोमबार

logo
  • सोमबार, ३ चैत्र २०८१
  • ४ हजारले घट्यो सुनको भाउ, आज प्रति तोला प्रतितोला १ लाख ४१ हजार रुपैयाँ

    ४ हजारले घट्यो सुनको भाउ, आज प्रति तोला प्रतितोला १ लाख ४१ हजार रुपैयाँ

    299
    SHARES
    ४ हजारले घट्यो सुनको भाउ, आज प्रति तोला प्रतितोला १ लाख ४१ हजार रुपैयाँ

    काठमाण्डाै । आज अाइतबार सुनचाँदीको भाउ घटेको छ । शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको थियो । आज प्रतितोला ४ हजार रुपैयाँले घटेको छ । यस दिन छापावाला सुन प्रतितोला १ लाख ४१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

     

    त्यस्तै, आज तेजावी सुन पनि ३ हजार ९५० रुपैयाँले नै घटेको छ । यस दिन तेजावी सुन प्रतितोला १ लाख ४० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो दिन चाँदीको भाउ भने ७५ रुपैयाँले घटेको छ । आज चाँदी तोलामा १ हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

     

    नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २० हजार ८८५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख २० हजार २८५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५६५ रुपैयाँ तोकेको छ ।


    अर्थ चौतारी
  • आइतबार, २७ जेष्ठ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved