logo

२०८१ माघ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ माघ २०८१
  • स्क्वायर सहकारीका अध्यक्षसहित ३ जना पक्राउ

    स्क्वायर सहकारीका अध्यक्षसहित ३ जना पक्राउ

    208
    SHARES
    स्क्वायर सहकारीका अध्यक्षसहित ३ जना पक्राउ

    काठमाण्डौ । काठमाण्डौको मख्खनमा सञ्चालित स्क्वायर बचत तथा ऋण सहकारीका अध्यक्षसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अध्यक्ष बासुदेव मान जोशी, सचिव सुवर्ण सेलालिक र सदस्य धर्मरत्न पाछेँ छन् ।

    स्क्वायर बचत तथा ऋण सहकारीका सञ्चालकहरूले ७ करोड ४० लाख ८७ हजार रकम अपचलन गरेको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता (एसपी) होविन्द्र बोगटीले बताए ।

    पक्राउ परेका ६६ वर्षीय बाशु देवमान जोशी कुलेश्वरका स्थानीय हुन् । ६७ वर्षीय सेलालिक काठमाडौँ–२५ केलटोल र सदस्य ५८ वर्षका धर्मरत्न पाछेँ नरदेवीका हुन् । आरोपीहरूले बचतकर्ताका सावाँ र ब्याज फिर्ता गर्नुको साटो सहकारी नै बन्द गरेको आरोप छ ।


    अर्थ चौतारी
  • आइतबार, २७ जेष्ठ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट