logo

२०८१ माघ ७ सोमबार

logo
  • सोमबार, ७ माघ २०८१
  • प्रभु बैंक र सौराहाका १६ भन्दा बढि विभिन्न होटल तथा रेष्टुरेन्ट बीच छूट सम्झौता

    प्रभु बैंक र सौराहाका १६ भन्दा बढि विभिन्न होटल तथा रेष्टुरेन्ट बीच छूट सम्झौता

    195
    SHARES
    प्रभु बैंक र सौराहाका १६ भन्दा बढि विभिन्न होटल तथा रेष्टुरेन्ट बीच छूट सम्झौता

    काठमाण्डाै । प्रभु बैँकका कर्मचारी तथा ग्राहकहरुले भरतपुर भ्रमण वर्ष २०२४ को अवसर पारेर सौराहामा अवस्थित विभिन्न होटल तथा रेष्टुरेन्टका विभिन्न सेवामा विशेष छूट सुविधा पाउने भएका छन् ।

    छुट्टाछुट्टै समारोहका बीच सम्पन्न सम्झौतामा प्रभु बैंकका तर्फबाट चितवन क्लस्टर प्रमुख साँग्रीला श्रेष्ठ र सौराहाका शाखा प्रबन्धक मणि मानन्धरले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुले बैंकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा होटलमा उपलब्ध सम्पुर्ण सेवा सुविधाहरुमा विशेष छूट प्राप्त गर्न सक्नेछन् ।

    प्राकृतिक, साँस्कृतिक, धार्मिक तथा मनोरञ्जनात्मक गतिविधिहरुले भरिपुर्ण भरतपुर जिल्ला विभिन्न प्राकृतिक छटाले भरिपुर्ण रमणीय तथा पर्यटीय स्थल का रुपमा चिनिन्छ । सौराहा, मेघौली,कसरा,देबघाटधाम जस्ता रमणिय एवंम धार्मिक क्षेत्रको भ्रमण गर्नेहरुका लागि उपयुक्त गन्तव्यका रुपमा छन् । सो सम्झौता बमोजिम ग्राहक वर्ग तथा प्रभु बैंकका कर्मचारीहरुले आवासमा आठ प्रतिशतदेखि १५ प्रतिशत तथा खाना तथा पेय पदार्थमा १० प्रतिशतदेखि १५ प्रतिशतसम्मका छूट प्राप्त गर्न सक्ने छन् ।

    कम्पनीका नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर छन् । कम्पनीले करिब ३१ लाखभन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ । यसका साथै कम्पनीले आधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा सेवा दिंदै आएको छ ।


    अर्थ चौतारी
  • आइतबार, २७ जेष्ठ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट