logo

२०८२ बैशाख १२ बिहिबार

logo
  • बिहिबार, १२ बैशाख २०८२
  • मेगा ड्रिम सहकारीका उपाध्यक्ष र सीइओसहित ३ जना पक्राउ

    मेगा ड्रिम सहकारीका उपाध्यक्ष र सीइओसहित ३ जना पक्राउ

    416
    SHARES
    मेगा ड्रिम सहकारीका उपाध्यक्ष र सीइओसहित ३ जना पक्राउ

    काठमाण्डौ । काठमाण्डौको माछापोखरीमा मुख्य कार्यालय रहेको मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष र सीइओसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उपाध्यक्ष बासुदेव भट्ट, सचिव तथा सीइओ इन्द्र प्रसाद गेलाल र सदस्य शरद कुमार अधिकारी छन् ।

     

    आरोपीहरूले सहकारीको २१ करोड २ लाख ८४ हजार रकम अपचलन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । आरोपीहरुबारे प्रहरी वृत्त बौद्धले अनुसन्धान पुरा गरेर सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

    मेगा ड्रिमका संचालकहरुविरुद्ध २१ करोड २ लाख ८४ हजार बिगो मागदावी लिनुपर्ने रायसहित सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए । बागमती प्रदेशस्थित संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयले मेगा ड्रिमका सञ्चालकहरूलाई पक्राउ गरेर कानुनी कारबाही गर्न ४ मंसिर २०८० मा पत्राचार गरेको थियो ।

    २०८० फागुन २९ मा प्रहरी वृत बौद्धमा जाहेरी दर्ता गरेर प्रहरीले अनुसन्धान थालेको थियो । सहकारीका अध्यक्ष महाशंकर रेग्मी, कोषाध्यक्ष रबिन कुमार कार्की, सदस्य शेखर बस्नेत, सदस्य राजकुमार श्रेष्ठ, पूर्व अध्यक्ष उमाकान्त न्यौपाने, सदस्य प्रकाश घिमिरे र सुभद्रा चौलागाई फरार छन् । प्रहरीले उनलाई फरार प्रतिवादी कायम गरेको छ ।

    सहकारी सञ्चालकहरूविरुद्ध १६२ जना बचतकर्ताले जाहेरी दिएका छन् । माछापोखरीमा मुख्य कार्यालय भएको सो सहकारीले थानकोट, कालीमाटी, न्यूरोड, चाबहिल, जारेपाटी, गठ्ठाघर र चापागाउँ दोबोटोमा सेवा कार्यालय सञ्चालन गर्दै आएको छ ।


    अर्थ चौतारी
  • आइतबार, २७ जेष्ठ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved