logo

२०८२ जेष्ठ ३१ शनिबार

logo
  • शनिबार, ३१ जेष्ठ २०८२
  • एक्समा विनोद चौधरीको शक्ति प्रदर्शन, मोदीको सपथमा भाग लिन निम्तो

    एक्समा विनोद चौधरीको शक्ति प्रदर्शन, मोदीको सपथमा भाग लिन निम्तो

    286
    SHARES
    एक्समा विनोद चौधरीको शक्ति प्रदर्शन, मोदीको सपथमा भाग लिन निम्तो

    काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको सपथ ग्रहण कार्यक्रममा आफूलाई निम्ता आएकोमा नेपाली काँग्रेसका सांसद तथा व्यवसायी विनोद चौधरीले सगौरभ सार्वजनिक गरेका छन् । उनले आफूलाई आएको निम्ताे सार्वजनिक गर्दै प्रधानमन्त्री मोदी र उनको मन्त्रिमण्डललाई बधाई दिएका छन् ।



    नेपालबाट प्रधानमन्त्री र व्यवसायी विनोद चौधरीलाई बाहेक निम्ता गरिएको छैन । नेपालको कानुनले नेपालीलाई विदेशमा लगानी गर्न बन्देज गरेको छ । तर, कानुनी व्यवस्था छल्दै चौधरी र उनका परिवार सदस्यहरुले भारतमा ठूलो लगानी गरेका छन् । विदेशी लगानीकर्ता र आफ्ना हितैसीको रुपमा मोदीले चौधरीलाई सपथ ग्रहण समारोहमा निम्ताे गरेको अनुमान गरिएको छ ।

    सामान्यत: कुटनीतिक क्षेत्रमा निमन्त्रणा कार्ड/पत्रलाई सार्वजनिक गरिँदैन । तर, चौधरीले आफ्नो भारतीय सत्तासँगको सम्बन्ध र शक्ति प्रदर्शन गर्न निमन्त्रणा कार्डलाई सामाजिक सञ्जालमा पोष्ट गरेका हुन् । सरकारी जग्गा अतिक्रमणको अभियोगमा उनलाई दुई महिनाअघि मात्र नेपाल प्रहरीले बयान लिएको थियो । यस्तै, प्रकृतिको मुद्दामा नेपालका अरु व्यवसायी प्रहरी हिरासतमा बस्न बाध्य भएका छन् । तर, चौधरीले शक्तिको प्रयोग गरेको र प्रहरी हिरासतमा बस्नबाट मुक्ति पाएको टिप्पणी हुने गरेको छ ।


    निमन्त्रणा कार्ड सार्वजनिक गर्नु अघि उनले आफू र आफ्ना २ भाइ छोराहरुले प्रधानमन्त्री मोदीलाई भेटेको तस्बिरहरु एक्स (ट्वीट)मा पोष्ट गरेका छन् । भारतीय प्रधानमन्त्री मोदीको सपथग्रहण कार्यक्रममा भाग लिन नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार भारत प्रस्थान गरिसकेका छन् । प्रधानमन्त्री दाहालका साथ उनकी सुपुत्री गंगा दाहाल, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी कर्मचारी साेमबारसम्म भारतमा रहनेछन् ।

    प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका लागि आइतबार साँझ शपथ लिने कार्यक्रम छ । कार्यक्रममा भाग लिन भारतीय सरकारले नेपाल, भुटान, बंगलादेशसहित छिमेकी देशका सरकार प्रमुखलाई निम्ताे गरेकाे छ ।


    सन् २०१४ मा प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सहभागी भएका थिए । मोदीले भारतको नेतृत्व सम्हाल्नेबित्तिकै अवलम्बन गरेको ‘छिमेक पहिले’ विदेशनीतिमा दक्षिण एसियाली राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखलाई उक्त समारोहमा निमन्त्रणा गरेका थिए ।


    अर्थ चौतारी
  • आइतबार, २७ जेष्ठ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved