काठमाण्डौ । कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीहरूको नाममा रहेको ४५ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले आजदेखि संस्थापक सेयरधनीहरूको नाममा रहेको ४५ लाख ५७ हजार ९१२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
यो सेयर खरिदका लागि जो कोहि व्यक्ति, कम्पनी वा संघ संस्थाले खरिद आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरिएको छ ।
बोलपत्र आवेदन पेस गर्दा न्यूनतम १ लाख कित्ता र अधिकतममा भने सम्पूर्ण कित्ताका लागि आवेदन पेस गर्न सकिनेछ । इच्छुक लगानीकर्ताले काठमाण्डौ नक्सालमा रहेको कुमारी क्यापिटलमा आइपुग्ने गरी आवेदन दिन सक्नेछन् । आवेदन पेस गर्ने अन्तिम मिति असार ३ गतेसम्म रहेको छ ।