logo

२०८२ जेष्ठ ७ मंगलबार

logo
  • मंगलबार, ७ जेष्ठ २०८२
  • वाणिज्य बैंकका तत्कालीन म्यानेजरसहित ४ जना भ्रष्टाचारी ठहर

    वाणिज्य बैंकका तत्कालीन म्यानेजरसहित ४ जना भ्रष्टाचारी ठहर

    208
    SHARES
    वाणिज्य बैंकका तत्कालीन म्यानेजरसहित ४ जना भ्रष्टाचारी ठहर

    काठमाण्डौ । विशेष अदालत काठमाण्डौले सडक निर्माणको ठेक्का हात पार्ने प्रयोजनका लागि गलत लिखतका आधार बैंक ग्यारेन्टी राख्ने कार्यमा संलग्न राष्ट्रिय वाणिज्य बैंक जुम्लाका तत्कालीन म्यानेजरसहित ४ जना भ्रष्टाचारी ठहर गरेको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, तेजनारायणसिंह राई र रामबहादुर थापाको इजलासले उनीहरूलाई दोषी ठहर गर्ने सजाय आइतबार सुनाएको हो ।



     

    विशेषले तीनवटा ठेकेदार कम्पनी र राष्ट्रिय वाणिज्य बैंकका म्यानेजर रामजनक चौधरीसहित ४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको थियो । सोनापुर सिमेन्ट फ्याक्ट्री जाने सडक निर्माणको ठेक्का पाएको तीनवटा कम्पनीले बैंक ग्यारेन्टी राख्न क्रममा गलत लिखत तयार पारी बैंक ग्यारेन्टी राखेको र उक्त गलत लिखतमा वाणिज्य बैंक जुम्लाका तत्कालीन म्यानेजर रामजनक चौधरीले सहयोग गरेको अख्तियारको आरोप पत्रमा दाबी गरिएको थियो ।

     

    विशेषले बैंकका म्यानेजर चौधरीलाई दश महिना कैद र ४० हजार जरिवाना गर्ने फैसला सुनाएको छ । त्यस्तै ठेकेदारहरू माधवप्रसाद भण्डारी,अर्जुनबहादुर बुढाथोकी र पुन्नबहादुर शाहीलाई पाँच महिना कैद र २० हजार जरिवाना गर्ने फैसला सुनाएको छ।

     

    सडक कार्यालय, दाङ अन्तर्गत ठेक्कामा पेस्की लिन विटी/टौदह/फस्कु जेभीले गलत लिखत तयार पारी राष्ट्रिय वाणिज्य बैंक जुम्लामा बुझाएको र उक्त लिखत गलत हो भन्ने थाहा पाउँदापाउँदै पनि बैंकका म्यानेजर लाभ लिएर स्वीकृत गरेको अभियोग पत्रमा उल्लेख छ । १९ लाख ५० हजार रुपैयाँ पेस्कीसमेत लिइसकेको उक्त अवस्थामा अनुसन्धान हुँदा गलत लिखत तयार पारिएको पाइएकाले गलत लिखतसम्बन्धी कसुरमा मुद्दा दायर भएको थियो ।

     

    ठेक्का नम्बर ०३–०७०/०७१ सोनापुर सिमेन्ट फ्याक्ट्री सडक निर्माणमा राष्ट्रिय वाणिज्य बैंक, जुम्लाका तत्कालीन शाखा प्रबन्धक रामजनक चौधरीले विटी/टौदह/फस्कु जेभीको तर्फबाट मध्यपश्चिम सडक डिभिजन कार्यालय नम्बर २, दाङ, घोराहीको पक्षमा फर्जी अग्रिम भुक्तानी जमानी पत्र र सो जमानी पत्रको नवीकरण गरेको फर्जी अग्रिम भुक्तानी जमानत पत्रहरूमा हस्ताक्षर गरी गलत लिखत तयार पारेको अख्तियारले जनाएको छ ।

     

    त्यस्तै गलत लिखत तयार पार्ने कार्यमा संलग्न विटी/टौदह/फस्कु जेभीका सदस्यहरू माधव प्रसाद भण्डारी, टौदह कन्स्ट्रक्सनका प्रतिनिधि पुन्न बहादुर शाही र फस्कु निर्माण सेवाका प्रोप्राइटर अर्जुन बहादुर बुढाथोकीविरुद्ध मुद्दा दायर भएको थियो ।


    अर्थ चौतारी
  • सोमबार, २८ जेष्ठ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved