logo

२०८२ जेष्ठ १० शुक्रबार

logo
  • शुक्रबार, १० जेष्ठ २०८२
  • कोशीका केही भूभागमा वर्षा हुँदै, आज कता-कता पर्ला पानी

    कोशीका केही भूभागमा वर्षा हुँदै, आज कता-कता पर्ला पानी

    104
    SHARES
    कोशीका केही भूभागमा वर्षा हुँदै, आज कता-कता पर्ला पानी

    काठमाण्डौ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ।



    यतिबेला (सोमबार बिहान) कोसी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ। कोशी प्रदेशका एकदुई स्थानमा अहिले हल्का वर्षा भइरहेको छ भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो कोसी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने छ।

     

    कोसी प्रदेश प्रदेशका थोरै तथा बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा दिउँसो हावाहुरीको पनि सम्भावना रहेको छ।

     

    आज राति पनि कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

    कोसी प्रदेशका थोरै तथा बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका भूभागका एकदुई स्थानमा राति मेघगर्जन, र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले सोमबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।


    अर्थ चौतारी
  • सोमबार, २८ जेष्ठ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved