logo

२०८१ चैत्र ४ मंगलबार

logo
  • मंगलबार, ४ चैत्र २०८१
  • ग्लोबल आइएमई बैंकमा आवद्ध हुनेलाई गुरु ट्राभल्सको प्याकेजमा १० हजार छुट

    ग्लोबल आइएमई बैंकमा आवद्ध हुनेलाई गुरु ट्राभल्सको प्याकेजमा १० हजार छुट

    364
    SHARES
    ग्लोबल आइएमई बैंकमा आवद्ध हुनेलाई गुरु ट्राभल्सको प्याकेजमा १० हजार छुट

    काठमाण्डौ । गुरु ट्राभल्स लिमिटेड तथा ग्लोबल आइएमई बैंक लिमिटेडबीच व्यवसायिक सहकार्य भएको छ ।

    ट्राभल कम्पनी, गुरू ट्राभल्स तथा ग्लोबलआइएमई बैंकबीच व्यवसायिक सहकार्य सहमतिपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । बैंकको नक्साल शाखा प्रबन्धक पवन कुमार पौडेल तथा गुरू ट्राभल्सका प्रमुख कार्यकारी अधिकृत नवराज धरेलबाट हस्ताक्षरित सहमतिपत्र सोमबार आयोजित एक विशेष कार्यक्रमकाबीच सार्वजनिक गरिएको छ ।

    सहमतिपत्रमा उल्लेख भए बमोजिम ग्लोबल आइएमई बैंकका कर्मचारी तथा ग्राहकहरूलाई गुरू ट्राभल्सले विभिन्न ट्राभल प्याकेजहरुमा १० हजार रुपैयाँसम्मको स्पेशल डिस्काउण्टका साथै अन्य विभिन्न आकर्षक सुविधाहरू उपलब्ध गराउनेछ ।

    यस्तै गुरु ट्राभल्स लिमिटेडका कर्मचारी एवम् ग्राहकहरूले बैंकमा ट्राभलकार्ड तथा डलरकार्ड खरिदमा ५ सय बराबरको स्पेशल डिस्काउण्ट लगायत अन्य विविध सेवामा अफरहरू प्राप्त गर्ने जनाइएको छ । सामाजिक अभियानहरू तथा संस्थागत सामाजिक क्रियाकलापहरूमा आपसी सहकार्य गरी समन्वयात्मक ढंगबाट गर्ने गराउने पनि सहमति भएको छ ।

    कार्यक्रममा ग्लोबल आइएमई बैंकको नक्साल शाखा प्रबन्धक पवन कुमार पौडेलले यो सहकार्यमा जोडिन पाउँदा खुसी व्यक्त गरे । गुरू ट्राभल्सका साथमा भएको व्यावसायिक सहकार्यबाट गुणस्तरीय सेवा प्रदान गर्न थप योगदान पुग्ने विश्वास समेत उनलेले व्यक्त गरे ।


    अर्थ चौतारी
  • सोमबार, २८ जेष्ठ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved