काठमाण्डौ । सरकारले पूरानो धरहराको संरक्षण गर्न १ करोड रुपैयाँ छुट्याएको छ। सहरी विकास विभाग अन्तगर्तको केन्द्रीय आयोजना कार्यन्वयन इकाई अन्तर्गत १ करोड रुपैयाँ छुट्याएको हो।
२०७२ सालको भूकम्पपछि धरहरा भत्किएको थियो। पुरानो धरहराको छेउमा नयाँ धरहरा खडा भएपनि अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन। त्यस्तै सुन्धारामा पानीको प्राकृति श्रोत तथा निकास व्यवस्थापन गरी संरक्षण गर्ने कामका लागि २ करोड रुपैयाँ बजेट छुट्टाएको छ। आगामी वर्षमा यी दुवै काम सक्ने योजना रहेको छ।
धरहरा पुनर्निमाण परामर्श सेवा नियुक्ति तथा खरिदकोलागि २० लाख रुपैयाँ छ। धरहरा हस्तान्तरण मोडालिटि तयार गर्न परामर्श सेवाका लागि ५ लाख विनियोजना गरेको छ। निर्माणधिन धरहरा पुन निर्माणकोलागि २५ करोड रुपैयाँ रहेको छ।