logo

२०८२ जेष्ठ ३१ शनिबार

logo
  • शनिबार, ३१ जेष्ठ २०८२
  • बेष्ट फाइनान्सले ३ लाख ५६ हजार कित्ता संस्थापक हकप्रद सेयर बिक्रीमा ल्याउँदै

    बेष्ट फाइनान्सले ३ लाख ५६ हजार कित्ता संस्थापक हकप्रद सेयर बिक्रीमा ल्याउँदै

    273
    SHARES
    बेष्ट फाइनान्सले ३ लाख ५६ हजार कित्ता संस्थापक हकप्रद सेयर बिक्रीमा ल्याउँदै

    काठमाण्डौ । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले ३ लाख कित्ता बढी संस्थापक हकप्रद सेयर बिक्रीमा ल्याउने भएको छ ।



    कम्पनीले हकप्रद सेयर बिक्री खुला गरी आवेदन माग गरिएकोमा संस्थापक सेयर बाँडफाँड भई बाँकी रहेको ३ लाख ५६ हजार ७४.५७ कित्ता संस्थापक सेयर असार ४ गतेदेखि लिलामीमाफर्त बिक्रीमा ल्याउन लागेको हो ।

     

    सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरिएको छ । यो सेयर खरिदका लागि जो कोही व्यक्ति, कम्पनी वा संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन् । बोलपत्र आवेदन पेस गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतममा भने सम्पूर्ण कित्ताका लागि आवेदन पेस गर्न सकिनेछ ।

     

    इच्छुक लगानीकर्ताले कमलादीमा रहेको बेष्ट फाइनान्सको केन्द्रीय कार्यालय शाखा कार्यालयहरू मिलनचोक बुटवल, अमरपथ बुटवल, नेपालगञ्ज, घोराही, दाङ, इटहरी, नारायणगढ, चितवन, वीरगञ्ज र न्यूरोड पोखरामा आवेदन दिन सक्नेछन् ।

     

    साथै, उपत्यका बाहिर रहेका ग्लोबल आइएमई बैंकका शाखा कार्यालयहरू–विरेन्द्रनगर,सुर्खेत र धनगढीमा समेत आवेदन पेस गर्ने सकिनेछ । आवेदन पेस गर्ने अन्तिम मिति असार ११ गते रहेको छ ।


    अर्थ चौतारी
  • मंगलबार, २९ जेष्ठ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved