logo

२०८१ फाल्गुन ३ शनिबार

logo
  • शनिबार, ३ फाल्गुन २०८१
  • सेवाग्राहीको काम नभएकाेबारे सरकारी कार्यालयले लिखित जवाफ दिने व्यवस्था गर्नुपर्छ: सांसद पौडेल

    सेवाग्राहीको काम नभएकाेबारे सरकारी कार्यालयले लिखित जवाफ दिने व्यवस्था गर्नुपर्छ: सांसद पौडेल

    572
    SHARES
    सेवाग्राहीको काम नभएकाेबारे सरकारी कार्यालयले लिखित जवाफ दिने व्यवस्था गर्नुपर्छ: सांसद पौडेल

    काठमाण्डौ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सरकारी कार्यालयहरूले सेवाग्राहीको काम गर्न नसक्नुको कारणबारे लिखित रूपमा जवाफ दिने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

    आज प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले महिला, गरिब नागरिकहरूलाई सरकारी कार्यालयहरूले हेप्ने गरेको उल्लेख गर्दै उनीहरूलाई सेवा दिन नसक्नुको कारणबारे लिखित रूपमा जवाफ दिने व्यवस्था गर्न सरकारलाई सचेत गराए । पहुँच पुगेका मानिसहरूको काम हुने, अरूको काम नहुने सरकारी कार्यालयले गरेको व्यवहारका कारणले धेरै युवाहरू निराश भएको भन्दै सांसद पौडेलले त्यस्तो अवस्थाको अन्त्य गर्न सरकारले ढिलाइ गर्न नहुने बताए ।

    उनले भ्रष्टाचारको न्यूनीकरण र सेवाग्राहीको सेवालाई सहज र सुलभ बनाउन पनि सरकारले सो व्यवस्थालाई अनिवार्य रूपमा लागू गराउन आवश्यक रहेको तर्क समेत गरे । सांसद पौडेलले सरकारको कामलाई प्रभावकारी बनाउन पनि सरकारी कार्यालयहरूलाई सेवाग्राहीप्रति जवाफदेही बनाउन आवश्यक रहेको स्पष्ट पारे ।


    अर्थ चौतारी
  • मंगलबार, २९ जेष्ठ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट