logo

२०८१ चैत्र ७ शुक्रबार

logo
  • शुक्रबार, ७ चैत्र २०८१
  • बागमतीका निलम्बित मेयरविरुद्ध ३० करोडको अर्को मुद्दा

    बागमतीका निलम्बित मेयरविरुद्ध ३० करोडको अर्को मुद्दा

    143
    SHARES
    बागमतीका निलम्बित मेयरविरुद्ध ३० करोडको अर्को मुद्दा

    काठमाण्डौ । सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत कुमार थापाविरुद्ध अर्को मुद्दा दायर भएको छ । उनले ३० करोड रुपैयाँ भन्दा बढी भ्रष्टाचार गरेको जिकिर गर्दै मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

    यसअघि अख्तियारले गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा मुद्दा दर्ता गराएको थियो । अख्तियारले थापाले पाँच करोड ३३ लाख ५३ हजार एक सय ८१ रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको उल्लेख गरेको थियो ।

    अहिले भने नगरपालिकाको वडा नं. ४ र १२ मा अवस्थित बागमती माछा पोखरी प्रथम (भरत ताल) निर्माण गर्दा उत्खनन् भएको ढुंगा, गिटी, वालुवा लगायतको नदीजन्य पदार्थको बिक्री वितरणमा अनियमितता गरेको भन्दै मुद्दा दायर भएको हो ।

    थापाविरुद्ध कुल ३० करोड २९ लाख ३४ हजार ८९७ रुपैयाँ ४० पैसा बिगो मागदाबी गरेर मुद्दा दायर गरिएको छ । सोही प्रकरणमा अख्तियारले नगर उपप्रमुख लीला कुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बिमल कुमार पोखरेलसमेत ६ जना उपर पनि भ्रष्टाचार मुद्दा दाय/ गरेको छ ।


    अर्थ चौतारी
  • मंगलबार, २९ जेष्ठ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved