logo

२०८१ फाल्गुन २ शुक्रबार

logo
  • शुक्रबार, २ फाल्गुन २०८१
  • वैवाहिक बलात्कारमा दोषी ठहर न्यायाधीश गिरीलाई सात वर्ष कैद, तीन लाख जरिवाना

    वैवाहिक बलात्कारमा दोषी ठहर न्यायाधीश गिरीलाई सात वर्ष कैद, तीन लाख जरिवाना

    104
    SHARES
    वैवाहिक बलात्कारमा दोषी ठहर न्यायाधीश गिरीलाई सात वर्ष कैद, तीन लाख जरिवाना

    काठमाण्डौ । वैवाहिक बलात्कार मुद्दामा दोषी ठहर भएका जिल्ला न्यायाधीश भुवन गिरीलाई सात वर्ष कैद र तीन लाख जरिवाना तोकिएको छ । मंगलबार जिल्ला अदालत काठमाण्डौका न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले गिरीको सजाय तोकेको हो।

     

    यसअघि जेठ १३ गते न्यायाधीश भुसालकै इजलासले गिरीलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो । दोषी ठहर भएका गिरीककाे सजाय निर्धारणका लागि भने आजको पेसी तोकिएको थियो ।

    जिल्ला अदालत कपिलवस्तुमा न्यायाधीश रहँदा गिरीकी श्रीमतीले आफूलाई बन्धक बनाएर बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् । जाहेरीका आधारमा अदालतमा मुद्दा दर्ता भएपछि न्यायपरिषद्ले गिरीलाई निलम्बन गरेको थियो ।


    अर्थ चौतारी
  • मंगलबार, २९ जेष्ठ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट