काठमाण्डौ । डीएपी मल खरिदका लागि कृषि सामग्री लिमिटेडले ठेक्का आह्वान गरेको छ । कम्पनीले मंगलबार ३० हजार मेट्रिक टन डीएपी मल ई बिडिङमार्फत खरिद गर्न ठेक्का आह्वान गरेको हो ।
यसका लागि जुलाई २६ सम्म कृषि सामग्री कम्पनीमा बोलपत्रदाताले आवेदन दिइसक्नुपर्ने कम्पनीको सूचनामा उल्लेख छ । कम्पनीका अनुसार डीएपी मल आगामी आर्थिक वर्ष गहुँ बालीका लागि खरिद गर्न लागिएको हाे । अहिले कम्पनीमा ९८ हजार ६ सय २९ मेट्रिकभन्दा बढी मल मौज्दात छ ।
© 2025: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times