logo

२०८२ जेष्ठ ६ सोमबार

logo
  • सोमबार, ६ जेष्ठ २०८२
  • प्रवास ट्राभल एण्ड टुर्सले ६ महिनामा जित्यो ८ अवार्ड

    प्रवास ट्राभल एण्ड टुर्सले ६ महिनामा जित्यो ८ अवार्ड

    377
    SHARES
    प्रवास ट्राभल एण्ड टुर्सले ६ महिनामा जित्यो ८ अवार्ड

    काठमाण्डाै । विगत १० वर्षदेखि अन्तर्राष्ट्रिय एयरलाइन्स टिकेटिङ सेवा प्रदान गर्दै आएको प्रवास ट्राभल एण्ड टुर्सले ६ महिनामा ८ अवार्ड जित्न सफल भएको छ। प्रवासलाई विभिन्न एयरलाइन्स कम्पनीहरूले अवार्ड दिएको हो।



    टर्किस एयरलाइन्स, एयर चाइना, श्रीलंकन एयरलाइन्स, चाइना साउदर्न, थाई एरवेज, क्याथे प्यासिफिक, मलेसियन एयरलाइन्स र सिंगापुर एअरलाइन्सबाट विभिन्न विधामा ट्राभलले ८ अवार्ड जित्न सफल भएको हो।

    प्रवास ट्राभल एण्ड टुर्सका प्रबन्ध निर्देशक प्रकाश लोहनीका अनुसार सस्तो एयर फेयर, अधिक क्यास ब्याक, विभिन्न अफर तथा छुटहरू, सेवामा बलियो प्रतिबद्धता लगायतका कारणहरूले प्रवास ट्राभल विश्वसनीय बन्न सफल भएको बताए।

    कम्पनीले विभिन्न एयरलाइन्सहरूसँगको सहकार्यमा स्टुडेण्ट फेयर, बढी ब्यागेज जस्ता आकर्षक अफर पनि ल्याउने गरेको छ।


    अर्थ चौतारी
  • शुक्रबार, १ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved