logo

२०८२ जेष्ठ १० शुक्रबार

logo
  • शुक्रबार, १० जेष्ठ २०८२
  • ७ इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र रद्द

    ७ इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र रद्द

    819
    SHARES
    ७ इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र रद्द

    काठमाण्डौ । नेपाल दूरसञ्चार प्राधिकरणले ७ वटा इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र रद्द गरेको छ । कम्पनीहरूले तोकिएको समय भित्र अनुमतिपत्र नवीकरण बापतको दस्तुर दाखिला गरी अनुमतिपत्रका लागि निवेदन पेस नगरेकाले अनुमतिपत्र रद्द गरेको हो ।



    प्राधिकरणका अनुसार सेवा प्रदायकहरूको अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५ को उपदफा (५) बमोजिम स्वतः रद्द भएको छ । अनुमतिपत्र रद्द भएपनि ती सेवा प्रदायकले नेपाल सरकार तथा प्राधिकरणमा नियमानुसार तिर्न/बुझाउन पर्ने रकम ३० दिन भित्र बुझाउनुपर्ने छ ।

    प्राधिकरणले वशिष्ठ केबल, इन्फो नेट टेक्नोलोजी, सिम्पल इन्टेलिजेन्स सिस्टम एण्ड टेक्नोलोजी, एसिया नेट कम्यूनिकेश, फास्ट स्पिङ लिंक, यस नेट नेपाल, मिथिला डिजिटल नेपालको अनुमतिपत्र रद्द गरेको हो ।


    अर्थ चौतारी
  • आइतबार, ३ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved