काठमाण्डौ । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि ले ‘एक्सपेरियन्स टोयोटा’ आयोजना सुरु गर्ने भएको छ । कम्पनीले आनन्दनगर, धुम्बाराही स्थित आफुनो टोयोटा शोरुममा असार ५ देखि असार ७ गते सम्मका लागि ‘एक्सपेरियन्स टोयोटा’ आयोजना गर्ने भएको हो ।
२०८१ लाई बिशेष लक्षित गरि आयोजना गरिएको यस इभेन्टमा ग्राहकले हरेक गाडीको खरिदमा एक्सचेन्ज बोनस, अतिरिक्त एसोसरिज, निःशुल्क बीमा, बैंकिंग सुबिधा ( १२ वर्ष सम्म), रोड कर, विभिन्न उपहारहरु समेत पाउने हुनेछ ।
टोयोटाको हरेक टेस्ट ड्राइभमा आकर्षक उपहार पाउनुको साथै ग्राहकलाई यस प्रा.लिको विभिन्न सुबिधाको बारेमा जानकारी गराईनेछ । ग्राहकलाई यू.टि.एससंग विभिन्न मोडलका गाडीहरु उपलब्द रहेको हुँदा आफ्ना ग्राहकलाई निर्धक्कका साथ टेस्ट ड्राइभ गर्न आव्हान समेत गरेको छ । उत्सवमा ग्राहकलाई सहजीकरण गर्नका निम्ति गरिमा विकास बैंक र अन्य विभिन्न बैंकसंग बैंकिंग फाईनान्सको पनि ब्यबस्था गरिएको कम्पनीले जनाएको छ ।
टोयोटाको ग्लोबल भिजन “मोबिलिटी फोर अल” लाई सहयोग गर्दै युटिएसले ग्राहकका लागि उत्कृष्ट एक्सचेन्ज योजना र आफ्नो सवारी साधनको अधिकतम मूल्यांकन गर्ने सुवर्ण अवसर उक्त उत्सव मार्फत ल्याएको छ ।
© 2025: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times