logo

२०८१ फाल्गुन २ शुक्रबार

logo
  • शुक्रबार, २ फाल्गुन २०८१
  • हिमालयन बैंकको दुई शाखा कार्यालय स्थानान्तरण

    हिमालयन बैंकको दुई शाखा कार्यालय स्थानान्तरण

    91
    SHARES
    हिमालयन बैंकको दुई शाखा कार्यालय स्थानान्तरण

    काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरेपछि नजिकै भएका शाखा सञ्जालहरुमध्ये त्रिपुरेश्वर शाखालाई स्थानान्तरण गरी काठमाण्डौ महानगरपालिका ११, थापाथलीबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्न थालेको छ । बैंकले आज असार २ गतेदेखि थापाथली शाखाको नामबाटै सेवा दिएको हो । बैंकका कर्मचारीहरुको उपस्थितिमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले उक्त शाखाको उद्घाटन गरेका थिए ।

    यसैगरी बैंकले नारायणगढ शाखालाई पनि स्थानान्तरण गरी भरतपुर महानगरपालिका १ मेन रोड नारायणगढबाट सेवा दिन थालेको छ । आज असार २ गतेदेखि नै मेन रोड शाखा, नारायणगढको नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने गरी शाखा संचालनमा ल्याएको हो । हाल बैंकले नेपालभर फैलिएका १७४ शाखाबाट आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।


    अर्थ चौतारी
  • सोमबार, ४ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट