सिद्धार्थ बैंकले गर्यो बाल अस्पताललाई आर्थिक सहयोग

images

काठमाण्डौ । सिद्धार्थ बैंकले बाल अस्पताललाई आर्थिक सहयोग गरेको छ । निर्माण भइरहेको हेपाली हाइट स्थित काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थको बाल अस्पताललाई बैंकले आर्थिक सहयोग गरेको हो ।

बैंकले सो अस्पताललाई १ करोड रुपैयाँ प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेल र अस्पतालका अध्यक्ष तथा वरिष्ठ मुटु शल्यचिकित्सक प्रा। डा। भगवान कोइरालाले हस्ताक्षर गरेका छन् ।

images

बालबालिकाहरु राष्ट्रका कर्णधार हुन् र राष्ट्रको उज्जवल भविष्य बालबालिकाहरुको स्वास्थ्यमा निर्भर हुने मान्यताको साथ बैंकले यस कल्याणकारी कार्यमा सहभागिता जनाएको छ ।

images