काठमाण्डौ । होटल एलिस द वन्डर इन लिमिटेडले १३.५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद सेयर निष्कासनको प्रस्ताव पारित गर्न कम्पनीले असार १९ गते विशेष साधारणसभा बोलाएको छ । कम्पनीको सभा आगामी असार १९ गते नयाँबानेश्वरमा रहेको कम्पनीको सम्पर्क कार्यालयमा बिहान १० बजे आयोजना हुनेछ ।
सभाले हाल कायम चुक्ता पुँजी ९ करोड रुपैयाँको १३.५ प्रतिशत अर्थात् १०० कित्ता सेयर बराबर १३.५ कित्ताका दरले हकपद सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ । हकप्रद सेयर जारीपछि कम्पनीको पुँजी वृद्धि हुने हुँदा सोही बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।