logo

२०८१ फाल्गुन २ शुक्रबार

logo
  • शुक्रबार, २ फाल्गुन २०८१
  • लम्कीचुहा नगरपालिकाको बेरुजू रु. ४७ करोड ६ लाख ४१ हजार, नगरप्रमुखको कार्यकक्ष सजावटमा साढे ९ लाख बढी खर्च

    लम्कीचुहा नगरपालिकाको बेरुजू रु. ४७ करोड ६ लाख ४१ हजार, नगरप्रमुखको कार्यकक्ष सजावटमा साढे ९ लाख बढी खर्च

    650
    SHARES
    लम्कीचुहा नगरपालिकाको बेरुजू रु. ४७ करोड ६ लाख ४१ हजार, नगरप्रमुखको कार्यकक्ष सजावटमा साढे ९ लाख बढी खर्च

    काठमाण्डौ । कैलालीको लम्कीचुहा नगरपालिकाले खर्चमा मितव्ययिता कायम नगरेको पाइएको छ । पालिकाकाे एक वर्षमै रु. ४ करोड १० हजार बेरुजू थप भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

    नगरपालिकाको गत आर्थिक वर्ष बेरुजू रु. ४७ करोड ६ लाख ४१ हजार रहेको महालेखाको प्रतिवेदनमा उल्लेख गरेको छ । जसमा आर्थिक वर्ष ०७८/०७९ सम्मको बेरुजू रु. ४३ करोड ७ लाख ६६ हजार  मा गत वर्ष रु. १ लाख ३५ हजार सम्परीक्षण भएको जनाएको छ । त्यस्तै नगरपालिकाले आर्थिक वर्ष ०७७/०७८ को बाँकी बेरुजु असुल गर्नुपर्ने रु.२ करोड ४ लाख ९६ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रु. १ करोड ३ लाख ९८ हजार, नियमित गर्नुपर्ने रु. ७० लाख ४१ हजार र पेस्की बाँकी रु. २० लाख ७५ हजार रहेको महालेखाले उल्लेख गरेको छ ।

     

    त्यस्तै नगरपालिकाले खाना तथा खाजा तथा खानामा ४५ लाख २५ हजार ६३४ खर्च गरेको पाइएको हो । यो पालिकाको आन्तरिक आय ८ करोड १८ लाख ३५ हजार ८१० रुपैयाँ ४५ पैसाको ५.५ प्रतिशत रकम खर्च गरेको महालेखाको प्रतिवेदनमा जनाएको छ । पालिकाले एक जना कर्मचारी यमेश्वरी खनाललाई विना विल भरपाई भ्रमण बापत २ दाख २० हजार भुक्तानी भएको महालेखाको वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ । नगरपालिकाले तलबी प्रतिवेदन पारित नगराई सङ्घीय सरकारबाट हस्तान्तरित चालु अन्तर्गत स्वास्थ्य तर्फ ३१ कर्मचारीको रु. १६१२५६४२.३४ र पालिकाका ४८ कर्मचारीको रु.२८८१६४६१.६७ खर्च लेखेको छ। तलबी प्रतिवेदन पारित नगरी खर्च लेख पाउने भन्दा बढी तलब भत्ता ग्रेड भुक्तानी हुने महालेखाको ठहर छ ।

    स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ बमोजिम व्ययको बजेट अनुमान आन्तरिक आयको परिधिभित्र रही औचित्यको आधारमा विविध खर्च गर्नुपर्ने व्यवस्था छ । स्थानीय सरकार संचालन ऐन २०७४ ले व्यवस्था गरेको पालिकाले पत्रपत्रिकाको विज्ञापन प्रकाशन गर्न नपाउने व्यवस्था गरे पनि नगरपालिकाले भने गत वर्ष ३० लाख ८९ हजार १४० खर्च गरेको छ । खर्चको प्रमाण हेर्दा विल मात्र आएको कार्यालयले जनाएको छ । त्यस्ता प्रकारको खर्च विभिन्न वडा तथा पालिकामा विषयगत शाखाका कार्यक्रममा खर्च भएको पालिकाले जानकारी गराएको प्रतिवेदनमा उल्लेख छ । यस्तो प्रवृत्तिमा नियन्त्रण गरी खर्चमा मितव्ययिता कायम गर्नुपर्ने महालेखा औँल्याएको छ ।

    नगरप्रमुखको कार्यकक्ष सजावटमा साढे ९ लाख बढी खर्च
    पालिकाले यस वर्ष नवनिर्मित पालिकाको भवनमा मेयर तथा सचिवालयको कार्यकक्षमा कोरियन वाल फर्म कार्य गर्नको लागि हरिकृष्ण होम डेकोरेशन सप्लायर्सलाई ९,८८,७५४ लाख भुक्तान गरेको तर भुक्तान भएको प्रमाण पेस नगरेको जनाएको छ । त्यस्तै पालिकाले आयोजना गरेको तिज विशेष कार्यक्रम गरेको तर सो बापतको १,७०,२०७ रुपैयाँ, साक्षर पालिका घोषणा कार्यक्रमको २,९४,२७०, वडाको बाटो सरसफाइ कार्यक्रमको ७ लाख ३३ हजार २६३ भुक्तान भएको देखिएको तथा विल भरपाई पेस नगरेको प्रतिवेदनमा उल्लेख गरेको छ ।

     

    त्यस्तै नगरपालिकाले अनुगमन भत्ता बापत ७६ हजार दिएको गरेको पाइएको छ । भ्रमणको उद्देश्य, अनुगमन तथा भ्रमण प्रतिवेदन, अभिलेख, दुरीको विवरण सवारी साधनको टिकट नै नराखी भत्ता मात्रै ७६ हजार रुपैयाँ खर्च गरेको महालेखाले जनाएको छ । भ्रमण खर्च नियमावली, २०६४ को नियम २१ मा भ्रमणमा खटिने पदाधिकारी वा कर्मचारीले भ्रमण गरेपछि सो को अभिलेख अनुसूची ६ को ढाँचामा राख्नुपर्ने तथा भ्रमणलाई विश्वसनीय बनाउन आवश्यकताअनुसार आन्तरिक नियन्त्रण प्रणालीको थप व्यवस्था गर्नुपर्ने उल्लेख छ ।

    नगरपालिकाले असुल गर्नुपर्ने नै १ लाख बढी
    नगरपालिकाले भुक्तान गरेका मध्यबाट १,०९ ३२० रुपैयाँ असुल गर्नुपर्ने महालेखाको प्रतिवेदनमा उल्लेख छ । जसमध्ये पालिकाले गत आर्थिक वर्षमा विल भर्पाई बापत भुक्तान गरेको कर्मचारी दिपेश बजगाईँबाट २१ सय, पालिकाको १० औँ नगर सभा बैठकमा सभा सदस्यहरूलाई रु. १५०० को दरले बैठक भत्ता भुक्तानी गरेको छ । अतः ऐनले तोकेको भन्दा बढी भुक्तानी भएको रकम नगर सभा सदस्यका ५४ जना सदस्यहरूबाट २२,९५० रुपैयाँ असुल गर्नुपर्ने जनाएको छ । त्यस्तै नगरपालिकाले आगो ताप्न दाउरा र रुखका जराहरू वितरणको लागि व्याकलोडर भाडा प्रयोग गरे बापत प्रति घण्टा २५०० को दरमा ४१.५० घण्टाको रु. १०३७५० भुक्तानी हुनुपर्नेमा प्रतिघटा रु.३००० को दरमा ५५ घण्टाको रु. १६५००० थापा टायल एन्ड ब्लक उद्योगलाई भुक्तानी भएकोले बढी भुक्तानी भएको रकम सम्बन्धितबाट ६१,२५० रुपैयाँ असुल हुनुपर्ने उल्लेख गरेको छ ।

    त्यस्तै महालेखाले नगरको वार्षिक प्रतिवेदनको बुँदा नं. ४८ बढी भुक्तानी अन्तरगत आर्थिक कार्यविधि तथा नियमावली, २०७७ को नियम ३९ को उपनियम (४)सरकारी रकम खर्च गर्दा त्यस्तो खर्च पुष्टि गर्ने बिल, भरपाई, प्रमाण र कागजात संलग्न हुनुपर्नेछ । पालिकाले यस वर्ष लोक भिजन दैनिक पत्रिकाले रु. १०७००० को बिल पेस गरेकोमा रु.१३००२० भुक्तानी भएको छ। अतः बढी भुक्तानी भएको रकम सम्बन्धितबाट २३,०२० रुपैयाँ असुल हुनुपर्ने उल्लेख गरेको छ ।

     

    यहाँ हेर्नुहाेस् प्रतिवेदन


    अर्थ चौतारी
  • बुधबार, ६ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट