आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको अनलाइन पोर्टल र मोबाइल एप्स शुभारम्भ

images

काठमाण्डौ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले अनलाइन पोर्टल तथा मोबाइल एप्सको शुभारम्भ गरेको छ ।

कम्पनीले आफना ग्राहकहरुलाई छिटो र छरितो तरीकाबाट बीमा सेवा प्रदान गर्ने उद्देश्य एवं कम्पनीबाट प्रदान गर्ने बीमा सेवालाई समय सापेक्ष प्रविधि मैत्री बनाउन उक्त मोबाइल एप्स शुभारम्भ गरेको हो ।

images

कम्पनीले सहज, सरल माध्यमबाट बीमासेवा उपलब्ध गराउने उद्देश्यले अनलाईन बीमालेख जारी गर्न सकिने गरी मोबाइल एप्सको सुरुवात गरेको जनाएको छ । हरेक क्षेत्रलाई समेटदै निर्जीबन बीमाको क्षेत्रमा आफनो छुटृै पहिचान स्थापित गर्ने उद्देश्यले कम्पनीको वेभसाईटमा अनलाइलन पोर्टल तथा मोबाइल एप्स मार्फत उक्त सेवाको शुभारम्भ गरेको हो ।

 

उक्त सेवा मार्फत २४सैं घण्टा बीमा सेवा लिन सकिने छ । साथै, बीमितले बीमा गरेको कुनैपनि सम्पत्तिको क्षति भएमा सो वापतको दाबी समेत एप्सको माध्यमबाट कम्पनीमा जानकारी समेत गराउन सकिने छ । साथै, ग्राहक महानुभावहरुले आफनो दाबीको अवस्था के कस्तो रहेको छ भन्ने बारेमा जानकारी लिन पनि सकिने छ।

 

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल, कम्पनीका सञ्चालक समितिका अध्यक्ष हेमराज ढकाल र प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले संयुक्त रुपमा उक्त एप्सको शुभारम्भ गरेका हुन् । सेवा शुभारम्भ कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सिलवालले ग्राहकलाई प्रविधि मार्फत बीमा सेवा प्रदान गर्न सहयोग पुग्ने बताए ।

दुर दराजमा रहेका ग्राहकहरुलाई समेत समेटनको लागि कम्पनीले मोबाइल एप्सको माध्यमबाट सेवा सूचारु गरेकोमा धन्यवाद समेत दिए । प्रविधिका लागि लागत बढेपनि विस्तारै प्रशासनिक तथा अन्य खर्च कम भई अन्तत्वगत्व समग्र बीमा क्षेत्रमा नै सकारात्मक सन्देश प्रवाह हुने अध्यक्ष सिलवालको भनाई छ । कम्पनीको व्यवसाय तथा नाफामा समेत बृद्धि हुने बताए । कम्पनीले एप्सको माध्यमबाट सेवालाई गुणस्तरीय रुपमा अगाडी बढाउन र बढी भन्दा बढी ग्राहकहरुलाई जोडनको आग्रह गरे ।

 

सोही समारोहमा कम्पनीका अध्यक्ष ढकालले प्रविधिको बढ्दो प्रयोगबाट सहज सेवा प्रदान गर्नुका साथै प्रशासनिक खर्चमा समेत मितव्ययिता अपनाउन सजिलो हुने बताए । उनले आइजीआईलाई निर्जीवन बीमा क्षेत्रमा एक उत्कृष्ट कम्पनीको रुपमा स्थापित गर्ने लक्ष्य लिएको बताए ।

images