logo

२०८२ बैशाख ११ बुधबार

logo
  • बुधबार, ११ बैशाख २०८२
  • आज पनि बजारबाट ४० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

    आज पनि बजारबाट ४० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

    377
    SHARES
    आज पनि बजारबाट ४० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा भएको अधिक तरलता व्यवस्थापन गर्न शुक्रबार पनि बजारबाट ४० अर्ब रुपैयाँ खिच्ने भएको छ । राष्ट्र बैंकले बिहीबार पनि बजारबाट ५० अर्ब रुपैयाँ खिचेको थियो ।

    शुक्रबार उक्त निक्षेप संकलन उपकरणको बोलकबोल हुने बैंकले जनाएको छ । यसका लागि मध्यान्ह १२ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत बोलकबोल गर्न सकिनेछ ।

    केन्द्रीय बैंकले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो । साँवा र ब्याज भुक्तानी मिति असार २१ गते निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोलबाटै निर्धारण हुने बैंकले जनाएको छ ।

    बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जाने गरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।


    अर्थ चौतारी
  • शुक्रबार, ८ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved