logo

२०८१ माघ ७ सोमबार

logo
  • सोमबार, ७ माघ २०८१
  • नेपाल इन्स्योरेन्सद्वारा बीमा सर्भेयरको सूची दर्ता गर्न आह्वान

    नेपाल इन्स्योरेन्सद्वारा बीमा सर्भेयरको सूची दर्ता गर्न आह्वान

    52
    SHARES
    नेपाल इन्स्योरेन्सद्वारा बीमा सर्भेयरको सूची दर्ता गर्न आह्वान

    काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा सर्भेयरको सूची दर्ता गर्न आह्वान गरेको छ । कम्पनीमा परेका दाबीहरूको क्षति सर्वेक्षण तथा जोखिम मूल्याङ्कन गर्न कम्पनीले सर्भेयरको सूची दर्ता आह्वान गरेको हो ।

    नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट सर्भेयर इजाजत पत्र प्राप्त गरी इजाजत बहाल रहेका इच्छुक संस्था वा व्यक्तिले सूची दर्ताका लागि निवेदन दिन सक्नेछन् । यसका लागि आवश्यक कागजात सहित १५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको प्रधान कार्यालयमा वा इमेल ठेगानामार्फत सूची दर्ता गराउन सक्नेछन् ।

    सूचीकरण हुन इच्छुक सर्भेयरले नेपाल बीमा प्राधिकरणबाट प्राप्त गरेको सर्भेयर इजाजत प्रमाणपत्रको प्रतिलिपि, फर्म वा कम्पनीको दर्ता प्रमाणपत्रको प्रतिलिपि (संस्थाको लागि मात्र), प्यान नम्बर तथा मूल्य अभिबृद्धि कर प्रमाणपत्रको प्रतिलिपि, व्यक्तिगत तथा फर्म वा कम्पनीको अद्यावधिक विवरणका साथै नागरिकता प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ ।


    अर्थ चौतारी
  • शुक्रबार, ८ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट