logo

२०८२ जेष्ठ ३१ शनिबार

logo
  • शनिबार, ३१ जेष्ठ २०८२
  • सञ्चालनमा आयो ‘नलिञ्चोक हेलिपोर्ट’, एकैपटक ४ वटा उडान तथा अवतरण गर्न सकिने

    सञ्चालनमा आयो ‘नलिञ्चोक हेलिपोर्ट’, एकैपटक ४ वटा उडान तथा अवतरण गर्न सकिने

    299
    SHARES
    सञ्चालनमा आयो ‘नलिञ्चोक हेलिपोर्ट’, एकैपटक ४ वटा उडान तथा अवतरण गर्न सकिने

    काठमाण्डौ । भक्तपुरको नलिञ्चोक हेलिपोर्ट औपचारिक रूपमा नै सञ्चालनमा आएको छ । शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री हितबहादुर तामाङले नलिञ्चोक हेलिपोर्टको उद्घाटन गरेका हुन् ।



    १३ वटा पार्किङ स्ट्यान्ड र ४ टेक अफ÷ल्यान्डिङ प्याडहरू एकैसाथ सञ्चालन गर्न सकिने सुविधा सम्पन्न हेलिपोर्टको सञ्चालनसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआईए) को ट्राफिक कम हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणले टीआईएको ‘एयर ट्राफिक कन्जेसन’ कम गर्ने उद्देश्यले दुई वर्षअघि भक्तपुरको नलिञ्चोकमा सुविधा सम्पन्न स्थायी हेलिप्याड निर्माण सुरु गरेको थियो ।

    ३३ रोपनी क्षेत्रफलमा बन्ने हेलिप्याड निर्माणका लागि १५ करोड रुपैयाँ लागतमा प्राधिकरणले उमा एन्ड कम्पनीलाई ठेक्का दिएको थियो । हेलिप्याड निर्माणका लागि ओम बुद्ध शिव खिम्ती जेभी, उमा एन्ड कम्पनी, कालिका आरआर क्रिसा जेभी, समानान्तर निर्माण सेवा र कान्छाराम आरए जेभीसहित पाँचवटा कम्पनीले बिड हालेपनि अन्ततः उमा एन्ड कम्पनीले निर्माण ठेक्का हात पारेको थियो ।

    नलिञ्चोक हेलिप्याड सञ्चालनमा आएसँगै अब नेपालका कुनै पनि गन्तव्यमा हेलिकप्टर सेवा सञ्चालनका लागि सहज हुने प्राधिकरणले जनाएको छ ।


    अर्थ चौतारी
  • शुक्रबार, ८ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved