logo

२०८१ चैत्र ४ मंगलबार

logo
  • मंगलबार, ४ चैत्र २०८१
  • त्रिभुवन विश्वविद्यालयको जग्गा खोजबीन समितिले थाल्यो काम

    त्रिभुवन विश्वविद्यालयको जग्गा खोजबीन समितिले थाल्यो काम

    130
    SHARES
    त्रिभुवन विश्वविद्यालयको जग्गा खोजबीन समितिले थाल्यो काम

    काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबीन समितिले कार्यारम्भ गरेको छ । समितिले सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सचिवालय सञ्चालनमा ल्याइ कार्यारम्भ गरेको समितिका सदस्य जानकी वल्लभ अधिकारीले जानकारी दिए ।

     

    समितिले त्रिविका जग्गा, भवन, चलअचल सम्पत्तिको हिनामिना र अतिक्रमण भएको कुनै विषयमा जानकारी भएमा समितिलाई विभिन्न माध्यमबाट सूचित गर्न सार्वजनिक आग्रह गरेको छ । समितिले पहिलो चरणमा काठमाण्डौ उपत्यकाका त्रिविका जग्गा र सम्पत्तिको खोजबीन गर्नेछ ।

     

    मन्त्रिपरिषद्को गत जेठ १७ गतेको बैठकले पूर्वसचिव शारदाप्रसाद त्रितालका संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो । समितिका सदस्यमा अधिकारीका साथै महेन्द्रकुमार थापा, प्राडा प्रेमसागर चापागाईं तथा सदस्यसचिवमा सुशीला अधिकारी रहेका छन् । समितिलाई तीन महिनाको अवधि दिइएको छ ।


    अर्थ चौतारी
  • शुक्रबार, ८ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved