logo

२०८१ चैत्र ४ मंगलबार

logo
  • मंगलबार, ४ चैत्र २०८१
  • नेपालको सार्वजनिक ऋण २४ खर्बभन्दा बढी, बाह्यतर्फ बाह्यतर्फ १२ खर्ब सात अर्ब बढी

    नेपालको सार्वजनिक ऋण २४ खर्बभन्दा बढी, बाह्यतर्फ बाह्यतर्फ १२ खर्ब सात अर्ब बढी

    429
    SHARES
    नेपालको सार्वजनिक ऋण २४ खर्बभन्दा बढी, बाह्यतर्फ बाह्यतर्फ १२ खर्ब सात अर्ब बढी

    काठमाण्डौ । नेपालको कुल सार्वजनिक ऋण २४ खर्ब माथि रहेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८०।८१ को जेठ मसान्तसम्ममा आन्तरिक ऋण ११ खर्ब ९२ अर्ब ४८ करोड र बाह्यतर्फ १२ खर्ब सात अर्ब ८६ करोड बराबर रहेको हो ।

    चालु आवको सुरुआत अर्थात २०८० असार मसान्तमा कुल सार्वजनिक ऋण २२ खर्ब ९९ अर्ब ३५ करोड बराबर थियो । चालु आवको ११ महिनामा मात्र १ खर्ब ९९ करोड बराबर ऋण थपिएको हो । हालसम्मको कुल सार्वजनिक ऋणमा आन्तरिक ऋणको हिस्सा ४९.६८ र बाह्य ऋणको हिस्सा ५०.३२ प्रतिशत छ ।

     

    बाह्य ऋणतर्फ बहुपक्षिण ऋणदातालाई १० खर्ब ७१ अर्ब ११ करोड र द्विपक्षीय ऋणदातालाई १ खर्ब ३६ अर्ब ७४ करोड बराबर तिर्न बाँकी छ । त्यस्तै, आन्तरिक ऋणतर्फ विकास बण्डको दायित्व सबैभन्दा बढी ७ खर्ब ६४ अर्ब ९४ करोड बराबर छ । हालसम्मको ट्रेजरी बिलको दायित्व ४ खर्ब १२ अर्ब ६९ करोड, नागरिक बचतपत्रको दायित्व १० अर्ब ७५ करोड, वैदेशिक रोजगारी बचतपत्रको दायित्व १७ करोड र आईएमएफ बण्डको दायित्व ३ अर्ब ९१ करोड बराबर छ ।

     

    चालु आर्थिक वर्षका लागि सरकारले कुल ४ खर्ब ५२ अर्ब ७५ करोड बराबर ऋण उठाउने लक्ष्य राखेको थियो । जसमध्ये आन्तरिक ऋण २ खर्ब ४० अर्ब र बाह्य ऋण २ खर्ब १२ अर्ब ७५ करोड उठाउने लक्ष्य थियो । गत वैशाख मसान्तसम्ममा सरकारले आन्तरिकतर्फ २ खर्ब २५ अर्ब र बाह्यतर्फ ८२ अर्ब ६७ करोड बराबर ऋण उठाइसकेको छ ।


    अर्थ चौतारी
  • शुक्रबार, ८ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved