logo

२०८२ जेष्ठ ३१ शनिबार

logo
  • शनिबार, ३१ जेष्ठ २०८२
  • सिमेन्ट उद्योगलाई उत्खनित् खनिजको परिणाम मापनका लागि ६ महिना म्याद थप गर्न निर्देशन

    सिमेन्ट उद्योगलाई उत्खनित् खनिजको परिणाम मापनका लागि ६ महिना म्याद थप गर्न निर्देशन

    520
    SHARES
    सिमेन्ट उद्योगलाई उत्खनित् खनिजको परिणाम मापनका लागि ६ महिना म्याद थप गर्न निर्देशन

    काठमाण्डौ । सिमेन्ट उद्योगस्थलमा रहेको तौल पुल प्रयोग गरी उत्खनित् खनिजको परिणाम मापन गर्ने गरी ६ महिनाको अवधि थप गर्न सरकारलाई उद्योग समितिले निर्देशन दिएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो ।



    समिति बैठकमा बोल्दै समिति सभापति अब्दुल खानले सिमेन्ट उत्पादक सङ्घले दिएको निवेदनका विषयमा छलफल गर्दा खानी तथा खनिज पदार्थ नियमावली, २०५६ को नियम १९ को अङ्गमा खनिज पदार्थ भण्डारण गर्ने स्थलमा खनिज कार्यको परिणामको नाप गर्ने यथोचित यन्त्रहरू राख्नुपर्ने व्यवस्था रहेको बताए ।

    उनले उक्त व्यवस्थाबाट स्वदेशी सिमेन्ट उद्योगहरूलाई नियमित एवम् सुचारु रूपले सञ्चालन गर्न नसक्ने गरी जारी भएको सूचनाबाट उद्योगहरू बन्द हुने अवस्थामा रहेकोतर्फ समितिको ध्यानाकर्षण भएको बताए । उनले हाललाई उद्योगस्थलमा रहेको तौल पुल प्रयोग गरी उत्खनित खनिजको परिणाम मापन गर्ने गरी ६ महिनाको अवधि थप गर्न सरकारलाई निर्देशन दिए ।

    उनले खानी तथा खनिज पदार्थ नियमावली, २०५६ लाई यथाशीघ्र संशोधन गरी खानी तथा खनिज पदार्थको उत्खनन्‌का सम्बन्धमा स्पष्ट कानुनी व्यवस्था गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन समेत दिए ।


    अर्थ चौतारी
  • शुक्रबार, ८ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved