logo

२०८१ फाल्गुन ३ शनिबार

logo
  • शनिबार, ३ फाल्गुन २०८१
  • गोर्खा बुअरीलाई २ लाख रुपैयाँ जरिवाना

    गोर्खा बुअरीलाई २ लाख रुपैयाँ जरिवाना

    78
    SHARES
    गोर्खा बुअरीलाई २ लाख रुपैयाँ जरिवाना

    काठमाण्डौ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले गोर्खा बुअरीलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ । इजाजतपत्र नभएको आपूर्तिकर्तामार्फत श्रमिक आपूर्ति गरी गैरकानूनी रूपमा काममा लगाएको भन्दै विभागले कारबाही स्वरूप जरिवाना गरेको हो ।

    उक्त विषयमा विभागले स्पष्टीकरण माग गरेको थियो । स्पष्टीकरण नदिई श्रमिक आपूर्ति गर्ने काम गरेको भन्दै श्रम ऐन, २०७४ को दफा १६३(क) अनुसार दुई लाख जरिवाना गरिएको विभागका निर्देशक मणिनाथ गोपले बताए । उक्त जरिवाना रकम १५ दिनभित्र दाखिला गर्नुपर्ने र गैरकानूनी रूपमा भइरहेको काम रोक्न समेत निर्देशन दिएको छ ।

    गैरकानूनी रूपमा भर्ना गरिएका कामदारलाई काममा नलगाउन विभागले पत्राचार गरेको थियो । तर, उक्त पत्रको कुनै जवाफ नदिई बसेको भन्दै विभागले कानुन अनुसार जरिवाना गरेको हो ।

    त्यस्तै गोर्खा बुअरीलाई श्रमिक आपूर्ति गर्ने आले सप्लायर्सलाई समेत दुई लाख रूपैयाँ जरिवाना गरिएको छ । श्रम ऐन, २०७४ तथा नियमावली २०७५ को प्रावधान विपरीत श्रमिक आपूर्तिकर्ताको इजाजत पत्र नवीकरण नगरी श्रमिक आपूर्ति गरेको भन्दै विभागले जरिवाना गरेको हो । श्रमिक आपूर्तिकर्ता र श्रमिकलाई काममा लगाउने दुवैलाई कारबाही गरिएको निर्देशक गोपले बताए ।

    gorkha brewery jariwana


    अर्थ चौतारी
  • शुक्रबार, ८ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट