काठमाण्डौ । मल्टीपर्पस फाइनान्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ ।
कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको ३९ हजार ३१ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयर संस्थापक सेयरधनीका साथै सर्वसाधारणले पनि खरिद गर्न पाउनेछन् ।
सेयर खरीद गर्न इच्छुकले १५ दिनभित्र संस्थाको कम्पनी सचिवको कार्यालयमा खरिद गर्न चाहेको सेयर विवरण खुलाई निवेदन दिनु सक्नेछन् ।