logo

२०८१ फाल्गुन २ शुक्रबार

logo
  • शुक्रबार, २ फाल्गुन २०८१
  • एलआइसी नेपालको २२औँ वार्षिक साधारणसभा सम्पन्न

    एलआइसी नेपालको २२औँ वार्षिक साधारणसभा सम्पन्न

    130
    SHARES
    एलआइसी नेपालको २२औँ वार्षिक साधारणसभा सम्पन्न

    काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल)को आफ्नो २२ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा सम्पन्न भएको कम्पनीले जनाएको छ ।

    सभाले सञ्चालक समितिले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७९।८० को वार्षिक प्रतिवेदन स्वीकृत गरेको छ । लेखापरीक्षकको प्रतिवेदनसहित २०८० असार मसान्तसम्मको वासलात र आर्थिक वर्ष २०७९।८० को नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पनि सभाले अनुमोदन गरेको छ ।

    सभाले लेखापरीक्षण समितिको सिफारिसबमोजिम आर्थिक वर्ष २०८०।८१ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरेको छ । अध्यक्षको अनुमतिले अन्य कुनै विषयहरुमाथि पनि सभामा छलफल भएको जनाइएको छ ।


    अर्थ चौतारी
  • बिहिबार, १४ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट