logo

२०८१ चैत्र ४ मंगलबार

logo
  • मंगलबार, ४ चैत्र २०८१
  • विश्वकप जितेपछि भारतीय क्रिकेट टोलीका कप्तान शर्माले र पूर्वकप्तान कोहलीले लिए टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास

    विश्वकप जितेपछि भारतीय क्रिकेट टोलीका कप्तान शर्माले र पूर्वकप्तान कोहलीले लिए टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास

    325
    SHARES
    विश्वकप जितेपछि भारतीय क्रिकेट टोलीका कप्तान शर्माले र पूर्वकप्तान कोहलीले लिए टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास

    काठमाण्डौ । भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले र ब्याटर एवं पूर्वकप्तान विराट कोहलीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन्। आफ्नो देशले विश्वकपको उपाधि जितेपछि टी–२० अन्तर्राष्ट्रिय खेलबाट सन्न्यास घोषणा गरेका हुन्।

    शनिबार राति वेस्ट इन्डिजको ब्रिजटाउनस्थित केङ्ग्सिङ्टन ओभलमा भएको विश्वकपको फाइनल खेललगत्तै उनले सो घोषणा गरेका हुन्। कोहली प्लेयर अफ दी म्याच पनि घोषित भए। दक्षिण अफ्रिकाविरुद्धको खेल कोहलीले सर्वाधिक ७६ रनको योगदान दिए। कोहलीले टी–२० क्रिकेटमा भारतका लागि १ सय २५ वटा खेल खेद्यलै ४ हजार १ सय ८८ रन जोडेका छन्। खेलपछि आयोजित पत्रकार सम्मेलनमा कोहलीले भने, ‘यो मेरो अन्तिम टी–२० विश्वकप थियो। हामीले हासिल गर्न चाहेको यही हो।’

     

    शर्माले दक्षिण अफ्रिकाविरुद्ध खेलिएको टी–२० विश्वकपको अन्तिम खेल आफ्नो टी–२० अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल भएको बताए। शर्माले भने, ‘यो मेरो अन्तिम खेल पनि थियो। मलाई हरेक पल मनपर्‍यो। म यही चाहन्थेँ– म भारतलाई विश्वकप जिताउन चाहन्थेँ।’

     

    यद्यपि रोहित शर्माले भारतको टेस्ट र एकदिवसीय क्रिकेट खेल्न जारी राख्नेछन्। रोहितअघि विराट कोहलीले पनि टी–२० अन्तर्राष्ट्रिय फर्म्याटबाट सन्न्यासको घोषणा गरेका छन्। रोहित शर्मा नेतृत्वको टिम इन्डिया अपराजित रहँदै १७ वर्षपछि टी–२० विश्वकप जित्न सफल भएको छ। शनिबार राति भएको विश्वकपको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै उपाधि जितेको हो।


    अर्थ चौतारी
  • आइतबार, १७ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved